Skip to content

होम सुवेदी

धनसेकुवा पसल

(सुधिरकुमार सुमनजीले मेरो कथामा कमेन्ट गरेपछि जन्मेको लघुकथा)
कुलबहादुरको घरमा आएको बेला थियो । किनमेलनका लागि आज पनि फेरि बजार गए । दुरदराजको जागिर छ । श्रीमतीमालाई दुःख नहोस् भन्ने सोच भएकाले आएको मौकामा सबै थोक जोरजाम गरी घरमा राखिदिने उनको बानी छ ।
हुनत उनका लागि किनमेल गरिने वस्तुहरु धनबहादुरको छैनन् फलफूलकाे दोकान छाडेका छन् तापनि पहिलेका नजिकका साथी भएको नाताले बजार जाँदा आज पनि धनबहादुरको पसलमा निस्कने विचार गरे ।

चुनाबबारेका मेरा तीन मुक्तक


अँझै केही दिन चुनाबक्षेत्रमा घुमघाम छ
भाषणे तिर्खालुहरुको बाटोमा लामो जाम छ
केही दिनको मुतको न्यानो न हो
हामी जनताका लागि यो रमिता बडो धुमधाम छ ।

बूढेसकालकाे लहड

कविता

सिङ्गै जीवनका बिते पलहरु खोजेर हिंड्दै सुख
पाकेका फल छन् भनेर सजिलै चढ्ने कहाँ त्यो रुख
यो बेला पनि बाल्यकाल सरीको फिर्दैैैछ जो छुक्छुक
जोरी खोज्नु हुँदैन वृद्धगणले तन्नेरीका सम्मुख ।।१।।

फर्केनन् अझ भाग्यका दिन भनी के थाल्नु एक्लै रुन
मानौं छिद्र परेछ जीर्ण कपडा के थाल्नु व्यर्थै धुन
आफू वामन झैं छु काव्यपथको के सक्नु यात्री हुन
सल्लोको रुखमा चढेर चुचुरो के सक्नु मैले छुन ! ।।२।।

कवितारामका दुई कथासंग्रहः एक पर्यावलोकन

(कवितारामजी
निकै घनिष्टता थियो मेरो तपाईंसँग । आज म मेरो पुरानो साामग्रीका साथ तपाईंको हार्दिक स्मरण गर्दछु । यहाँको स्मृतिमा यही पुरानो पुष्प मझेरीमा चढाउँदै मझेरीका समग्र परिवारहरुको तर्फबाट समेत आत्माको चिर शान्तिका लागि प्रार्थना गर्दछु ।
होम सुवेदी )

प्रसङ्गपूर्वको केही विषय
समीक्षणकर्मका लागि मेराअघि २०३६ र २०३८ सालमा प्रकाशनमा आएका दुई वटा कथाका पुस्तक रहेका छन् । पहिलो संग्रह चाहिं सारसंग्रह प्रकाशन काठमाडौंबाट छापिएको हो । अर्को कथासंग्रहको प्रकाशन भने साझा प्रकाशनबाट भएको छ । पहिलो कथाको पुस्तकको नाम ‘कालो कथा’ हो र दोस्रोको नाम चाहिं ‘प्रलाप’ हो ।

आस्था उखेलिन्छ र

आस्था यो मनभित्रको सडकमा पोखेर पोखिन्छ र ?
माया यो मनभित्रको जतिसुकै जोखेर जोखिन्छ र ?
जो आस्था मुटुभित्र रोपिन गयो त्यो रोपियो रोपियो—
अर्काको करकापबाट सजिलै त्यो के उखेलिन्छ र ?

तप्पतप्प

तप्प तप्प जलधारा चुल्ठाबाट चुहाउन मनाही छ
मुलायम केशलाई भनिदेऊ धेरै सुहाउन मनाही छ ।

सक्छौ भने रेसमी रुमालले बेर त्यसलाई
खुला राखेर जथाभावीकाहरुसँग छुवाउन मनाही छ ।

बरु चुवाको फूलमालाले विन्यास गर त्यसलाई
हामी आँखा छोपौंला बरु धेरै हरेस खुवाउन मनाही छ ।

कति भाग्यमानी र प्यारो रहेछ त्यो चुल्ठो
उसको श्पर्श सुखसम्म नपाएकालाई रुवाउन मनाही छ ।

नेता भएको छ रे

थोत्रो चप्पल लाउँने अब उही नेता भएको छ रे
रुन्थ्यो देश भनेर जो अब उही नेता भएको छ रे ।।
ऐले कार चढेर हिंड्छ अथवा भै‌मा नहेरीकन
सिङ्गै देश चलाउने अब उही नेता भएको छ रे ।।

सामन्ती दुनियाँ बदल्नु छ यहाँ भन्थ्यो बडो गर्वले
आफ्नो देश र देशको सपथ जो खान्थ्यो बडो गर्वले
च्यातेथ्यो मतपत्र आज उही नै सिंहासनैमा चढी
सत्ता बाँड र फाँड गर्न अहिले नेता भएको छ रे ।।

बन्डापत्र गरेर देश त्यसले टुक्र्याँउदै गो जब
दाजु भाइ र इष्टमित्र बिचमा झुक्याउँदै गो अब
बस्ती गोठ र गाउँमा जब थियो दाम्रो परेको थियो
किर्नो झैं अथुलो भएर अहिले नेता भएको छ रे ।।

भोको बस्न तयार जो अघि थियो ऐले फुलेको छ रे

मोबाइलबाट सुविधा

लघुकथाः मोबाइलबाट सुविधा
होम सुवेदी
बेला बेला मोबाइलमा उनी मुसुक्क पनि गर्थे र फटाफटी आफ्ना अम्ला चलाएर अर्को मुस्कानका लागि पर्खिएजस्तो गर्थे ! नजिकै बसेर उनकी पत्नी स्वेटर बुनिरहेकी थिइन् र उनका पतिको यो दशालाई निकै गम्भीर रुपमा हेरिरहेकी थिइन् । यो उनका पतिको नित्यकर्म जस्तै भएको थियो । उनी भन्दा पनि मोबाइल प्यारो हुन थालेको थियो । केही कुरा भन्न खोज्दा उनका पति यसो “हाँ हुँ !” मा टारिदिन्थे र ध्यान उही मोबाइलमा पुगाउँथे । कुनै बेला ता अलिक झर्कन्थे पनि । यसैले सविता अलिक होसियारीका साथ बोल्दथिन् । अहिले भने अलिक हिम्मत गरेर सेधिन् “कसका साथ कुरा चलिरहेका छन् हजुरका ?”

कुम्भकर्णे गजल


देशै भरी कुम्भकर्ण सारै घुरेका छन्
तिनका लागि घुर्ने मात्रै बर्दान जुरेका छन् ।

ढुक्क सुत्छन् कुम्भकर्ण लामो लामो घुर्दै
मानौ तिनले देशको विकास सबै तुरेका छन् ।

सुते पनि यिनका लागि सिकार आफैं आउने
चारैतिरबाट यिनलाई अौसर जुरेका छन् ।

कुम्भकर्ण सुत्तासुत्तै भुत्भुताउँछन् कैले
जनता भने ब्यूँझिएको ठान्दै कुरेका छन् ।

बिहानीको उज्यालोलाई पर्खिएर बस्ने
जनताका इच्छाहरु यिनले पुरेका छन् ।।

हामीजस्ता साहित्यका सेवीलाई पनि
कुम्भकर्णे गजलहरु निकै फुरेका छन् ।।

समाधान

“लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।” आयोगका अध्यक्षले छनोट समितिलाई फोन रिसिभ गरिसकेर भने ।
“हामीले नाम तयार पारेर परिणाम घोषणा गर्न मात्र बाँकी थियो । यस्तो अवस्थामा अब कसको नाम कटाउनु होला ?” अन्तर्वार्तामा सामेल एक सदस्यले अलिक चिन्ता भएजस्तो गरी भने ।
“हेर्नुहोस् जसरी भए पनि मन्त्रीजीको सिफारिसलाई हामीले बेवास्ता गर्न मिल्दैन । जसरी पनि समावेश गर्नै पर्छ ।” अध्यक्षले बडो लाचारीका साथ कुरा राखे ।
यसरी अध्यक्षले नै भनेपछि अन्तर्वार्ताटिम पनि तयार भइसकेका नामहरुमा लाग्यो पुनः विचार गर्नतिर ।

चुनाउ

जित्नै छैन चुनाउ भ्रष्टगणले माला लगाई सके
सारा दुष्ट सबै मिलेर पहिल्यै यो देश खाई सके
बोल्नै हुन्न अगाडि सर्दछ उही डाको उसैको ठुलो
केही छैन उपाय आज घरमा बल्दैन यौटै चुलो ।।

आयो फेरि चुनाउको दिन यहाँ आएर के पाउनु ?
हामी छौं रनभुल्ल फेरि अहिले धाई कता धाउनु ?
काला कानुनबाट यो मुलुकले उन्मुक्ति के पाउनु ?
आँखा चिम्म गरेर धूर्तहरुको के गीत यो गाउनु ?

शिखा मैनबत्तीकाे

भूपि सेरचनको कविता
मैनवत्तीको शिखा
यौटा मोम बलिरहेछ अहिले हेरीरहेको छु म
आई झ्याप्प निभाउने पवनको सम्भावना देख्तिनँ
कालो खान्छ प्रकाश छर्छ यसले कालै धुवाँ फाल्दछ
टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।

एकातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि ?
अर्कातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि
यौटी भर्खरकी कुनै युवती झैं सर्माउँदै पो छ कि ?
मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्दैछ कि ?

पैलो पल्ट रजश्वला भई कुुनै बाला नुहाइकन
आफैं भित्र भएछ सर्म कि बरा मुन्टो लुकाइकन
नौलो ज्ञान हुँदा बडो चकित झैं मुस्कान छाडिन् कि क्या ?

यो देश नङ्ग्याउन

जित्नै छैन चुनाउ भ्रष्टगणले माला लगाई सके
सारा भ्रष्ट मिले मिलेर पहिल्यै यो देश खाई सके
बोल्नै हुन्न अगाडि सर्दछ उही उस्कै छ डाको ठुलो
केही छैन उपाय आज घरमा बल्दैन यौटै चुलो ।।

आयो फेरि चुनाउको दिन यहाँ आएर के पाउनु ?
हामी छौं रनभुल्ल फेरि अहिले धाई कता धाउनु ?
काला कानुनबाट यो मुलुकले उन्मुक्ति के पाउनु ?
आँखा चिम्म गरेर धूर्तहरुको के गीत यो गाउनु ?

कोही छैन पराइ यो मुलुकमा सम्पूर्ण आराध्य छन्
उल्टा त्यो मतदान गर्न बिचरा यो याममा बाध्य छन्
के सक्थे तिनमाथि नागरिकले भेटेर दङ्ग्याउन
सारा धूर्त सरे अगाडि अहिले यो देश नङ्ग्याउन ।

अर्काको भाग खान खोज्दा

अर्काको भाग खान खोज्दा उल्टो भोकै बस्नु पर्ला
घचेड्दै छौ साथीलाई आफैं भिरमा खस्नु पर्ला ।।

जस्को दोष हुँदै हुन्न उसैलाई किन ताक्छौ
बिनासित्ती तिमी आफैं नेलजेलमा फस्नु पर्ला ।।

रोकूँभन्दा भन्दै आँसु

रोकूँभन्दा भन्दै आँसु आँखाबाट झरेको छ
मेरो भाग्य दलानबाट अलिक पर सरेको छ ।।

विरहका भाकाहरू न्याउली गाउँछ रुखमा बसी
उसको गीत सुनी मेरो मुटु चिरा परेको छ ।।

शुभकाना कुकुहरुलाई !!

अब आएको छ तिहार,
अस्तिसम्म दशैं पल्टिएको थियो
राम्रै खानपिनको राम्रो प्रबन्ध थियो
हड्डी मात्र हैन ह्याकुलाकै प्रबन्ध थियो

Read More »शुभकाना कुकुहरुलाई !!

कुनसाङ्काका

उमेर धेरै भाका छन्
भोज भतेर खाका छन्
जिन्दगीको यात्रामा
धेरैतिर धाका छन् ।
कोही कता गाका छन्
कोही कता गाका छन्
दुखेसोको बाटोमा
धेरै दुःख पाका छन् ।।
कोही हरेस खाका छन्
कोही चरेस खाका छन्
आफ्नो घर भत्काई
अर्काको घर छाका छन् ।।
जेठा माइला थोरै छन्
साइँला काइँला मोरै छन्
धेरै छोरा के पाउँथे
एउटै मात्र पाका छन् ।।
काइँला राइँला हराए
कान्छा मात्र कराए
अझै आउन चाहन्छन्
तर बन्द नाका छन् ।।
हब्बाहरु छाका छन्
कोही अन्कल भाका छन्
अङ्कल हुन बाँकी चैं
कुन्सान काका भाका छन् ।।
सुभाङबाट आका छन्
काठकाडौलाई खाका छन्
अब कता जाने हुन्
एउटै कुन्साङ काका छन् ।।

नयाँ पार्टी गठनबारे प्रस्तावना

भैरव अर्यालले खोलिदिएका नयाँ नयाँ पार्टीमा समेत भित्रिन नसकेपछि आजभोलि मैले पनि एउटा पार्टी नबनाई नहुने निधो गरेको छु । त्यो नयाँ पार्टीका बारेमा म केही गन्थनमन्थन गर्न लागिरहेको छु । कति जनाको केन्द्रे कमेटी, कति जनाको माधिवेसन प्रतिनीधि, कति जनाको पोलिटबुरो बनाउने जस्तासम्मका कुरा पनि म बबुरोलाई अहिले थाहा छैन । नाम कस्तो राख्ने, उद्देश्य के राख्ने, प्रियाम्बलमा के लेख्ने आदि कुरा ता तपसिलका भइगए । अहिले ता मेरो गन्थनमन्थन मात्र चल्दैछ । यो गन्थनमन्थनमा मेरा मात्र नभई अरुअरु पार्टीका कथाहरू पनि आउन सक्लान् । त्यसो भएपछि सुरुमै मैले पूर्वक्षमा ता मागिराख्नु पर्छ । पार्टीको नाम, प्रस्तावना, यसको कार्यदिशा आदिमा कुनै अन्य अर्थ लागिहालेछ भने त्यसका लागि क्षमा माग्दै कुरा अघि बढाउँछु ।

मेरा चार मुक्तकहरु

मेरा चार मुक्तकहरु

मुक्तकः एक

देशैभरि अन्यायले सगरमाथा नाघेको छ
जतासुकै नैतिकताको खडेरी यो लागेको छ
कसैलाई केको धन्दा कसैलाई केको धन्दा
मलाई भने मुक्तक लेख्ने रहर मात्र जागेको छ ।

मुक्तकः दुई

मैले दिएको गुलाबको फूल तिम्लाई झार लाग्ने भयो
मेरो माया र विश्वास तिमीलाई भार लाग्ने भयो ।
खण्डै गरेर सम्झाएँ तर केही सिप लागेन
हारेको मनस्थितिबाट न वार लाग्ने भयो न पार लाग्ने भयो ।।

मुक्तकः तिन

मनमा चोट लागे मात्र केही लेख्न आउँदो रैछ
नपरिन्जेल मनमा चोट मनले सास्ती पाउँदो रैछ ।।
उनकै लागि भनी भनी रात दिन खटिरहें
सुन्छु ऐले उनीसँग अर्कै मान्छे धाउँदो रैछ ।।

मुक्तकः चार