लघुकथाका बारेमा अलिकति जानकारी


यसलाई साहित्यको पछिल्लो विकसित नयाँ रुप मानिन्छ । अनेक परिभाषाहरुबाट यसको परिभाषा गरिएको छ । यसबारे निकै शोधखोजहरू भएका छन् । निकै कार्यपत्र, निकै शोधपत्र र निकै शोधग्रन्थ पनि लेखिएका छन् ।

धेरैले धेरै प्रकारले आफ्नै शैली र चतुराइ वा शैली र विचारको कुशलतालाई उपयोग गरेर यसको सम्भव भएसम्मको यथार्थ चिनारी दिने काम गरेको देखिन्छ ।

सबैभन्दा सजिलो खालका र बुझिने प्रकृतिका परिचयहरुमध्येः ‘लघुकथा भनेको कम आय भएको एक परिवारको सानो घरेलु बजेट जस्तो हो जसबाट त्यस परिवारले बडो कुशलतापूर्वक सोचविचारका साथ मितव्ययी बन्दै बजेटमा छुट्याइएका हरेक पाइपाइको सही सही रुपमा उपयोग गरोस् ।’

अर्को शब्दमा के ? कसरी ? र किन यी तीन प्रश्नको सही रुपमा आउने कथात्मक उत्तर नै लघु कथा हो । के ? भन्नाले कथ्य वा मूल कुरा आउँछ । कसरी ? को उत्तरमा लेखन शिल्प आउँछन् । किन ?का उत्तरमा कुन लक्षका लागि त्यो लेखिन्छ ती कुरा आउँछन् । जति चखिलो के भयो उति कथा प्रेय हुन्छ । कसरी भनेको शिल्प बान्की ढाँचा वा तरिका हो । कुन तरिकाले यसलाई लेख्ने हो यस भागमा पर्छन् । प्रत्यक्ष सम्वादात्मक पूर्वदीप्ति लगायतका ढाँचाहरू यसमा आउँछन् । यी जति आकर्षक भए उति नै कथामा चमक आउँछ । के र किन यी दुईको जोड्ने पुलको काम हो कसरी को । यसलाई यी दुई कुरालाई जोड्ने कडीका रुपमा पनि लिन सकिन्छ । सम्वाद वर्णन शब्दको चयन विम्ब प्रतिक व्यङ्ग्य परिहास आदिहरुको उपयोग जति सुन्दर र भाँती पुगाएर गरियो उति कथा आकर्षक हुन सक्छ । किन को उत्तर ता स्वतः समाविष्ट हुने हो । यथार्थ आदर्श व्यङ्ग्य हाँस्य वा समसामयिक कुराहरुमा चसक्क केही भन्ने सोच नै किन हो । यिनै सबै कुराको योग नै लघुकथा हो । लघु भन्नाले नै यसको आकारको लघुताको कुरा बुझिन्छ । कतिपय समीक्षकहरूले यसलाई तीन सय शब्दहरूको सीमा तोकेको देखिन्छ तर यो नै यसको अन्तिम सीमा भने हैन । आकारमा लघुता नै यसको एक आयामिक लक्षण हो । लघुता नभए विस्तार भएर कथातिर पुग्रन सक्रने हुनाले यसरी सीमाबद्ध गरिएको अनुभव हुन्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *