Skip to content

आजको गजल (धेरै वर्ष देशैभरि)


धेरै वर्ष देशैभरि आतङ्कको राग थियो
आतङ्ककै कारणले रक्तरञ्जित वाग थियो ।।

छोराछोरी जङ्लमा पठाएर मार्नुभन्दा
बरु तातो खाडीतिरै पठाउने माग थियो ।।

मेरो छोरो हराएको. अहिले जस्तो लाग्छ मलाई
पढ्न गाथ्यो इस्कुलमा हातमा एउटा ब्याग थियो ।।

एक्लो छोरो जङ्गलबाट कसै गरी भागी आयो
आउँदा पनि जिउ भरि रगतको दाग थियो ।।

दाजुसँग भाइहरुको शङ्कामाथि शङ्का हुँदा
आफ्नो घरै भित्र पनि सधैं भागाभाग थियो ।।

फर्की आयो जङ्गलबाट आफ्नै छोरो बेग्लै भई
देशैलाई नडढाउनु उसको ठुलो त्याग थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *