Skip to content

होम सुवेदी

एक गजल

आसै थिएन भेट्ने यो के भएछ नानू
बिर्सिसकेको छु मैले सम्झाउँछ बाँसुरीले ।।

धेरै भएछ हाम्रो सम्बाद शून्य नानू
झङ्कार गर्छ पैदा तिम्रै नयाँ चुरीले ।।

खाडी पसेर मैले धेरै कुरा गुमाएँ
कैले नसोच नानू बिर्स्यो नि निस्ठुरीले ।।

खाई कसम अनेकौ हामी अलग भएथ्यौ
बाचाहरु उडाई लग्ला कि यो हुरीले ।।

पक्का गरी समाऊ बलिया ती पाखुरीले
छाती म थाप्छिदिउँला रोप्नु त्यहाँ छुरीले ।।

एक्लो व्यग्रता

गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामगंी काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामगं्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त ! सुरु हुन्छ अब कथा— पल्लोघरको झ्यालले ल्याएको परिणाम एक्लो व्यग्रता ।

अब फेरि भर्नाको लफडो आयो

छोरीको दाँत उम्रनु कता हो कता घरमा देउसी भैलो खेल्नेहरुको जस्तै लावालस्कर लाग्न थाल्यो छोरी माग्नेहरुको । मानौ यी सबै कन्यार्थी वरहरू हुन् । एउटा टोली घरबाट निस्कन पाएका छैन, अर्को टोली थपक्क घरमा आइपुग्छ, अर्को निस्कन पाएको छैन, अर्को लगत्तै आइपुग्छ । कस्तो कचेडा हो यो, अनि कस्तो लफडा हो यो ! म आजित हुन लागिसकें । आमाको दूध छुटाएकै छैन उसलाई भर्ना गर्नुको तानातान देखेर विरक्तीन थालिसकी छोरीकी आमा पनि । उसलाई किन्नर गार्डेनमा भर्ना गरिहाल्नु अरे । यिनीहरुका आँखाबाट यो नानीलाई लुकाउनै पर्ने भयो । केही सिप नलागेर लुकाएँ पनि ।

मेरो नारी सम्बन्धी धारणा

२०३८ मा रचेको मेरा पुरानो ‘झुमा’ काव्यमा नारी सम्बन्धी
मेरो धारणा यस्तो रहेछ । यसो हेर्नसम्म हुने लेख्तो रहेछु उ बेला पनि ।
किन हो किन अहिले मलाई यसमा चित्त बुझ्दैन । सायद पर्याप्त परिष्कार नभएको देखेर होला ।

सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
नखाई अरुकै लागि कनिकै पनि साँच्तछ्यौ ।।

हे नारी प्रेमगङ्गा हौ सिर्जनाकी मुहान हौ
हामी लोग्नेहरुलाई सधैंकी अभिमान हौ ।।

खोस्टैमा तिमी पस्कन्छ्यौ कलाको दिव्य मोहनी
कलाको जादूले युक्त तिम्रो उच्च छ जीवनी ।।

सिन्कैको भरमा तिम्रो कलाकारी उदाउँछ

भूपि शेरचनको कविता “मैनवत्तीको शिखा”को पद्यवद्धता

यौटा मोम अगाडि बल्छ अहिले हेर्दैछु हेर्दैछु म
आई झ्याप्प निभाउने पवनले सम्भावना देख्तिनँ
कालो खान्छ प्रकाश छर्छ यसले माथि धुवाँ फाल्दछ
टाढा भाग्दछ अन्धकार जब यो बत्ती कतै बल्दछ ।।

एकातर्फ प्रकाश छर्छ यसले आफैं जली रुन्छ कि
अर्कातर्फ सुशान्त श्निग्ध छ शिखा मानौ दुःखी पो छ कि
यौटी भर्खरकी कुनै युवती झैं सर्माउँदै पो छ कि
मानौ भर्खर भर्खरै पर सरी कौमार्य छर्दैछ कि ।।

त्यो कुरा सम्झें कि अहिले पनि म आकुल व्याकुल हुन्छु

कालिम्पोङमा थिएँ । बाहुनपुत्र भएकोले ब्राह्मणत्वले पेट पालिएको थियो । महिनाको दश भारुमा तल्लो ठाकुरबाडीको मन्दिरमा बिहान बेलुका धुपबाती गरिदिन्थें, अनि मध्ये बजारमा रहेको मङ्गल स्टोरका मालिक मारबाडीकोमा बिहान बेलुका शिवमहिम्न स्तोत्र र हनुमानचालिसा पाठ गरिदिने काम पनि थियो । यसबाट पनि महिनाको दस भारु नै पाइन्थ्यो । यसबाहेक औंसी पूर्णियाँ र एकादशीमा एक छाक खान पनि त्यहीं पाइन्थ्यो । अरु अरु कुरा केके थिए, सबै भनिन । माथि नै भनिसकें ब्राह्मणत्वले पालिएको थियो पेट । पढ्न बसिएको थियो । २०२७ सालतिरको कुरा हो, म बनारस गइसकेको थिइनँ ।

म हिउँ

म हिउँ
उँभो उँभो हिमालमा हिवैं भएर बस्तछु
हिमालबाट सुस्तरी म पग्लिएर खस्तछु
म कोशीको र कालीको घटा भएर झर्दछु,
म गण्डकी र वाग्मती नदी भएर बग्दछु ।।

भुवा समान बर्संदै थिएँ म छोडी बर्सन
उदाउँदा उदाउँदै गरेर सूर्य दर्शन
हिमालमा कडा थिएँ म पग्लिंदै बने जल
बिलाउँदा बिलाउँदै बगेर ओर्लिएँ तल ।।

समाधिमा र ध्यानमा भएर लीन शङ्कर
हिमाल माथि स्वर्गमा सदैव बस्तछन् शिव
अनन्तकालदेखिको हुँ एक मात्र दर्शक
यतै चलाउँथे सधैं प्रसिद्ध नृत्य ताण्डव ।।

यतै थिए प्रसिद्धमा प्रसिद्ध काव्य सर्जक
यतै थिए प्रकाण्डमा प्रकाण्ड स्वप्न दर्शक
थिए यतै हिमालमा अनेक नामी नर्तक

पितामाताको नाममा किस्नेको पत्र

माझघरे खँड्काको जङ्गल पस्न बाँकी रहेको एउटै छोरो किस्ने हराएको पनि निकै वर्ष भइसकेको थियो । यस विचमा उनले पहाडको आफ्नो गाउँ, जिल्ला र मधेशमा समेत थाहा पाएका र उसले जान सक्ने ठाउमा सोधी खोजी गरे, मान्छे लाए, सुराक लाए, दसी प्रमाणका लागि अनेक उपाय गरे तर छोराको कुनै अत्तो पत्तो भएन । पुलिसलाई गरेको… Read More »पितामाताको नाममा किस्नेको पत्र

कविको पुरस्कार रासीमा लबस्तराहरुको घोटाला

हेर्दा हेर्दै गैरी गाउँनिर गहतेको गुइँठेले र डबली डाँडा गाउँका डडुवाले समेत कविगोष्ठीबाट पुरस्कार पाएको देखेपछि मलाई खपिसक्नु भएन । साथै उसले एउटो पुस्तकको साथैमा विमोचन्याएपछि ता मेरो ब्रह्मरन्ध्र नै कामेर आयो । अनि त्यसै त्यसै मेरो पारो तातेर आयो । मुलेहरु केही लेख्न जान्नु होइन यसै कविसम्मेलनमा पहिलो दोस्रो भएर पुरस्कारै लफन्ड्याउने । अनि पुस्तक पनि विमोचन गर्ने । कसले कसरी र कुन मौकामा यी बड्कौ्रंलेहरुलाई पुरस्कार बाँडेछ हँ ? मलाई ता यो कुरा पत्ता लगाउने पोे प¥यो खड्गो ।

पुलुक्क

पुलुक्क
‘यिनीहरूले हामीहरूलाई नेहेरी नहुने के कुरा होला हँ ? फर्किफर्की हेर्छन् । नहेरी सक्तैनन् ! एउटाले पनि हेर्छ, अर्काेले पनि हेर्छ….!’

एसएमएसको स्वाद

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनी कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्दा टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरुमा मोबायलबाट आफ्ना साथीहरु, संस्थाहरू र इष्टमित्रहरुलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् ।

लेखन जारी छ

सुख्खा याम थियो यहाँ मन भरी आशा पलायो अब
पाखा पर्वत वस्तीमा प्रकृतिमा उल्लास छायो अब
टाढाबाट घुमी वसन्त ऋतुको सन्देश आयो अब
मेरै बारी पुछारको रुख बसी क्वैली करायो अब ।।११९।।

हावा हुन्डरी वा बतासहरुको टन्टा नआओस् अब
हाम्रा सिर्जनसम्पदा सब धराशायी नपारोस् अब
कालो राक्षस झैं सुनामी पहिले यो देशमा आउँथ्यो
त्यस्तो ताण्डव गर्न राक्षस यहाँ फर्की नआओस् अब ।।१२०।।

आफैं भित्र रुवाउँदै मनभरी सन्त्रास फैलाउँदै
आफैंलाई भुलाउँदै प्रकृतिको उल्लास बिर्साउँदै
पीडाको भुँवरी लिएर मुटुमा सन्तोष के पाउनु
सोची सोची विदेशको रहरले फर्केर के आउने ? ।।१२१।।

यो जिन्दगी त्यो औंसीको अँधेरी

यो जिन्दगी त्यो औंसीको अँधेरी झैं भएछ कि……

परेंछु धार धारमा न माथि चढ्न सक्छु म
डुबेंछु छाल छालमा न पुग्दछु किनारमा ।
जुवा जितिन्छ कि भनी पसें म खाल खालमा
यसै बितेछ जिन्दगी डुबेछ छालछालमा ।

मुक्तक

बुद्धको हार

शान्तिका दूत बुद्धले नेपालमा हारेछन्
ओइलाएका आँखाबाट अाँसु झारेछन्
कोही र कसैले केही भन्नेवाला छेन
नेपालको लुम्बिनी रातारात सीमापारि सारेछन् ।

आत्मगौरव – १

माया लाग्छ मनै भरी पलपलै सम्झिन् कि प्यारा भनी
माया लाग्दछ पुत्रको छिन छिनै सझ्यो कि बाबा भनी ।
आमा दाजु बुबा र भाइहरुको माया अझै लाग्दछ
झर्छन् आँसु उराठिलो जमिनमा झन् बाडुली लाग्दछ ।।११०।।

के बस्ने यस ठाउँको जीवनमा खाई बडो हन्डर
अर्काको बँधुवा छु यो मुलुकमा बुझ्ने यहाँ को छ र
रित्तै हात लिएर फर्किन पनि के फर्कने हो घर ? ।।१११।।

आत्मगौरव – ३

गोठालाहरुले लगेर वनमा गाई चराए हुनन्
खेतालाहरुले यता लय झिकी गाइरहेका हुनन्
मायालुहरू स्वच्छ प्रेम मुटुको पाइरहेका हुनन्
बैंसालुहरू मुस्कुराई पिरती लाइरहेका हुनन् ।।५५।।

शुभकामना

आदरणीय सदानन्द अभागीज्यूको मोतीयाविन्दुको सफलतापूवर्क शल्यक्रिया भएर आराम गरिरहनु भएको छ । उहाँको उन्नति र सुस्वास्थ्यको हार्दिक कामना मझेरीका सबै पाठक र लेखकहरुका तर्फबाट ।