Skip to content

होम सुवेदी

एक्लो व्यग्रता

गोविन्दबहादुर मल्ल गोठालेले पल्लो घरको झ्याललाई लिएर उपन्यासै लेख्ने सामग्री पाए भने मलाई भने यदाकदा सानातिना कथा र निबन्धका लागि चाहिनेसम्मको सामग्रंीहरू मात्र पल्लो घरको झ्यालले दिने गर्छ । यसपटक पनि पल्लो घरको झ्यालले यस्तै केही सामग्री दिएको छ । त्यो दिएको सामग्री काम लाग्दो छ छैन वा त्यस झ्यालले मलाई कस्तो सामग्री दियो त ! कथाकै रूपमा पाठकहरूलाई सुनाऊँ कि ! अनुमति पाएँ भने सुनाऊँछु । उसो भए अब सुरु गरूँ है त !

पछुताे छैन

जहाँ स्वर्गीय आनन्द जहाँ दृश्य अलौकिक
जहाँ छ सभ्यता बेग्लै जहाँको रीति मौलिक

त्यस्तो जो स्थानमा मैले आफूलाई पुर्याइनँ
सधैं भोक सधैं तिर्खा हसुरेरै अघाइनँ ।।

पोखरा

आज फेवा गएँ तालमा पौडिएँ
स्वर्गको खोजीमा व्यर्थमै दौडिएँ
मिर्गले पानी झैं खोज्न थालें कतै
देशमै स्वर्गको सान देखें यतै ।

स्वर्गलाई घुमाई यतै सारूँ कि
पोखरालाई रानी सरी पारूँ कि
वास बस्छन् यतै स्वर्गका किन्नर
देशकै केन्द्र हो भान यो हुन्न र ?

छोरालाई बाबुको पत्र

आशीर्वाद छ बाबु
पिर नगर बाबु,
जे छ हामीलाई नै छ
सायद हाम्रो पिरमाथि पिर थप्नका लागि होला
यो कुबेलामा पनि अन्नपात थन्काउने बेलामा
बादलले हामीलाई विनासकाे अभिषेक छर्कंदै छ
देशमा कतै महामारी त कतै भोकमारी खर्कंदै छ
आफूमाथि विश्वास नभएर होला
आजको मान्छे आफूबाट आफैं पर पर तर्कंदै छ
उत्तर दिन कसैले सक्या छैन
नारायणहिटी, दासढुङ्गा, भन्डारखालहरुबाट
अझसम्म पनि न्याय पाऊँ भन्ने
प्रतिध्वनि धर्कंदै छ
देशका तिमीजस्तै युवकहरुको अवशेष
बाक्साबन्दी भएर विमानबाट दिनहुँ फर्कंदै छ
खै के भनुँ र बाबु,
बेचिएका तिम्रा दिदी बैनीहरुको कम्मर
मुम्बई, कलकत्ता र दिल्लीका खोपीहरुमा मर्कंदै छ

जवानी फिराऊ

अँझैसम्म झल्झल्ती सम्झिरहन्छु
पुराना कुरामा म अल्झिरहन्छु,
सुनाएर भित्री कुरा के सकिन्थे
तितै हुन् मिठै हुन् म आफैं सहन्छु ।।

लजाएर हेरिन् जसै सास रोकी
पछाडि सरिन् लाजले ओठ टोकी
मलाई यता यो नयाँ भाव आयो
ममा फेरि माया तुरुन्तै टुसायो ।।

पद्य कविता

मेरा आदरणीय काव्य गुरुको उच्चाइ के छुन्छु म
पढ्दै भावविभोर हुन्छु किन हो के हुन्छु के हुन्छु म
व्यर्थैमा कविता भनेर अहिले के तुन्छु के तुन्छु म
धागै उन्न समेत सक्तिन मता माला कहाँ उन्छु म ?

यो बेला किन हो

यो बेला किन हो वसन्त ऋतु यो अाएर बल्झाउँछ
बिर्सेकाे इतिहासका पलहरु ल्याएर अल्झाउँछ
एक्लो बस्न सकिन्न मुस्किल भयो अाएर सुल्झाउनू
एे‌सेलु जब अाउँछौ तिमी यता सोली भरी ल्याउनू ।

गर्मीकाे महामारी

गर्मीले जिउ नै डढाउँछ कि क्या भन्ने भएको थियो
यो भूमण्डल वायुमण्डल सबै तातै भएको थियो ।

फेर्ने सास समते उष्ण गतिमा बढ्दै गएको थियो
तातो राक्षस झेलियो अब भदौको अन्तमा आइयो ।।

भानुको शाश्वतता

भानु, आत्तिनु पर्दैन,
अस्ति तिमी थियौ,
हिजो पनि तिमी थियौ
आज पनि तिमी छौ
भोलि, पर्सि, आघौं, पराघौं पनि हुनेछौ ।
आत्तिनु पर्दैन, न्यास्रिनु पर्दैन ।

आमैले छोरीका लागि पठाउन लागेको तिजको निम्तो

देवघाटको वृद्धाश्रममा आमालाई बसाएर छोरो अमेरिका गएको पनि ठ्याक्कै दुई महिना भएछ यो कुसे औसीको दिन । “बेला बेला म कुरा गरिरहन्छु नि आमा” भनेर उसले एउटा जडाउरी मोबिल फोन दिएर गए पनि आजसम्म उताबाट एक कल पनि अएको छैन । यताबाट ता छोराको ठेगाना वा नम्बरहरू दिएको भए पो उनले गरुन् । ठेगाना नै दिएको भए पनि गर्न जाने पो गरुन् !

‘जेसुकै होस्’ भनेर आमाले चित्त बुझाएकी छिन् । आमा अब ता सहजाएकी पनि छिन् । आ छोरा मोराहरू यस्तै हुन् भनेर चित्त बुझाइबसेकी छिन् ।

अमेरिकाको यात्रापछिका जुँगेबाका ताउरमाउर

मेरा प्रेरणाका स्रोत जुँगेबा, मेरा हाँस्य कथा र हाँस्य निबन्धका स्रोत जुँगेबा, मलाई यदाकदा व्यावहारिक र चटके विद्याको गुरु जुँगेबा अनि मेरो पहाडको घरका छिमेकी जुँगेबा । यसपालि अमेरिका पुगेर फर्किएपछि उनका ताउमाउर बढेर उनी छोइनसक्ना भएका छन् । केही वर्ष पहिले काठमाडौं गएर फर्किंदा समेत उनको नाक एक बित्ता लामो भएको थियो । उतिबेला काठमाडौंबाट फर्किंदा काठमाडौं यस्तो र काठमाडौं उस्तो भनेर गाउँ भरी डिङ हाँकेका थिए भने अहिले उनी अमेरिका गई ५ महिना उतै बसेर फर्किएपछिको ता के कुरा गर्ने र ? स्वर्गैमा पुगेको र स्वर्गै देखेको बयान गर्न पनि उनी पछि परेका छैनन् । बाको ताउरमाउर भनिनसक्नुको भएको छ । उताबाट आएपछि सबैले उताको कुरा सोधेर उनलाई हैरान पारेका छन् । अलिक लाटासुधालाई ता ‘तँ मुलासँग के स्वर्गको कुरा गर्नु जा पर’ भनेर टार्छन् ।

परिणाम

उनले हुन नचाहेकाे केही पनि हाेइन डाक्टरदेखि कन्डक्टर गुरुदेखि छात्र मायालुदेखि पति सबका सब । उच्च कथाकार हुने इच्छा छ अहिले उनकाे । के कथा लेखुँ त भनेर अहिले उनी साेचिरहेका छन् ।

कविलाई प्रकाशको सल्लाह

प्रकाशककोबाट आज उनलाई अचानक फोन आयो । उनी हतार हतार खानपिन गरेर प्रकाशनगृहमा नै पुगे ।

“हजुर मलाई बोलाउनु भएको थियो अनि आएको ।” पुगेर भलाकुसारीको सुरुमा कविले भने ।

“हजुर मैले बोलाएको थिएँ । यहाँले जुन पुस्तकको हस्तलिखित प्रति प्रकाशन गर्नका लागि हाम्रो प्रकाशनलाई दिनु भा थ्यो मैले आद्योपान्त पढें । त्यहीबारे बोलाएको हो यहाँलाई ।”

स्मृतिग्रन्थ प्रकाशनको बाढी

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”

“के छाप्न लाग्नु भो दाइ ?’

२.छन्दशास्त्रका लेखनका बारेमा केही कुराहरुः

छन्दशास्त्रको सैद्धान्तिक धारणा तथा सिद्धान्तको निर्माणको कार्य पूर्वीय आचार्यहरुकै योगदानको उपज हो । यसैले यसको लेखन पनि संस्कृत भाषाका प्राचीन विद्वान्हरुबाट नै भएको छ । उनीहरुको मान्यता अनुसार लय वा छन्दको आरम्भ भाषाको अलिखित अवस्था वा आरम्भसँगै भएको हो । यसो भएपछि छन्दकोे प्राचीनता भाषाकै इतिहास जति पुरानो हुन आउँछ । हुन पनि हो, जब मान्छेलाई दुःख, पीडा, आनन्द, हर्ष, उल्लाषका क्षणहरु आउँछन् त्यो बेला नै ऊ गुनगुनाउन थाल्छ र लयहाल्न थाल्छ । अनि छन्दको रुपरेखा तयार हुन थाल्छ ।

छन्दशास्त्रः केही जानकारी

१. विषय प्रवेशः
क) लय वा छन्द
छन्दशास्त्रका बारेमा धेरैतिर धेरै विद्वान्हरुबाट सैद्धान्तिक विवेचना भएकै छ । यस अर्थमा यो मेरो प्रयास पिठोको पिँधाइ हुन सक्ला तथापि संक्षेपमा म यस दिशामा नयाँ पाठकहरुका लागि केही मात्र भए पनि जानकारी दिने पक्षमा छु ।
पहिले छन्दकै बारेमा केही केही जानकारी रहनु आवश्यक ठान्दछु ।
आधुनिक पुस्तामा भ्रमहरु धेरै छन् । संस्कृत भाषामाथि आधुनिक भनिएकाहरुबाट भएको हमला र तिनैको दुष्प्रचारका कारण आधुनिक पुस्तामा नकारात्मक सोच बने झैं छन्दका बारेमा पनि यो भ्रमको खास्टो यी आधुनिक भनिएका अल्पज्ञहरुबाट ओढाइएको कुरा स्मरणीय छ ।

मुक्तक

आखिर अरेका कुरा न हुन्
कुनै बेला लोटा लिएर सहर पसेका थिए
बारै वर्षमा बिडाला भए टाटा भए अरे ।
हाम्रो ता बार वर्ष हतियार लिएर जङ्गल पसेर पनि
बीचराहरू सारै घाटा गए अरे ।

दाहाल बाबैको जडी ओखती

अघिल्लो रचनाहरूमा पनि मैले भनिसकेकै छु, मेरो बाल्यकालका खेल खेल्ने साथीहरू भनेका घोर्ली बाख्रोका पाठाहरू बाहेक कोही हुन्नथे । अरु मेरो समवयका साथीहरू ओरिपरि थिएनन् कोही सानै थिए, कोही अलि ठुला भइसकेका थिए । उनीहरूसँग खेल्न मिल्दैथ्यो ।

एक दिनको कुरा हो । घोर्ली बाख्रालाई घरमुनिको कोलडाँडामा चराउन लगेंछु कि भन्छु, अहिले खास कुराको बढै हेक्का छैन । हाम्रो बारीको पुछारमा कोलडाँडो भन्ने ठाउँमा बाख्राका पाठा सहित बाख्रो लिएर म पुगेको सम्झन्छु चउरमा । यो सायद दसदेखि बार वर्षको बेलाको कुरा हुनुपर्छ ।

आज ता मेरो एक जना दाजु अचानक दुई जना भएको कुरा पो लेख्नु पर्यो

मलाई आज कुन कुरा लेखौं भनेर गिदी भरी मथिङ्गल भरिएको छ । यो लेखौं कि त्यो लेखौं भनेर सोचिरहको छु । पुराना कुराहर तँछाड् मछाड् गर्दै आइरहेका छन् मानौं पहिले बाहिर को फुत्किले भनेर । तर म यिनलाई छाँटेर आज अर्को एक रमाइलो प्रसङ्गतिर लाग्छु । हुन ता यस मुलेका गनथन कति सुन्नु भन्ने पनि लाग्दो होला यहाँहरूलाई । तर यसमा यहाँहरू स्वतन्त्र हुनुहुन्छ मन लागे पढे भो नलाने पाना पल्टाए पनि भो । त्यति हो पढिदिनु भयो भने मैले श्रमपूर्वक यसरी लेखेको कुरा कसैले ता पढिदियो भनेर चित्त बुझाइ हुनेछ नपढे पनि चित्त दुखाइ हुनेछैन । अँ अचानक मेरा एक जना दाजु दुई जना हुनु भएको कुरा पो लेख्नु पर्यो ।

कालका मुखबाट आएका दाजुहरू

अरु केही नभए पनि मान्छेले कतिसम्म दुःख गरेका हुँदा रहेछन् भनेर बुझियोस् भनी म आफ्नै जीवनका विगत पचास वर्ष पुराना कुरा उधिनी उधिनी कोट्याएर लेखिरहेको छु । कसैलाई गनथन पनि लाग्न सक्छ । उहाँहरूसँग अग्रिम रुपमा क्षमा माग्छु ।

धेरैतिर भनिसकियो ताङ्सेको भिरको कुरा । यो भिर अहिले पनि छँदैछ तर अहिले उस बेलाको जस्तो रहेनछ । हामी यसै भिरमा बाबियो काट्न जान्थ्यौं, यसै भिरमा भोर्लाका पात टिप्न जान्थ्यौं, यसै भिरबाट भोर्लाको पाट काडेर ल्याउँथ्यौं अनि भोर्लाका टटलाको बियाँहरू पोलेर खान्थ्यौं ।