गर्मीले जिउ नै डढाउँछ कि क्या भन्ने भएको थियो
यो भूमण्डल वायुमण्डल सबै तातै भएको थियो ।
फेर्ने सास समते उष्ण गतिमा बढ्दै गएको थियो
तातो राक्षस झेलियो अब भदौको अन्तमा आइयो ।।
चाँडै मध्यम उष्णका दिनहरू फर्केर आउन् अब
मालीले सयपत्रीका फूलहरु धेरैै फुलाउन् अब
हाम्रा सङ्गीतकार आश्विन भरी बाजा बजाउन् अब
लक्ष्मीले धनधान्य पूर्ण पृथिवी पारेर छाउन् अब ।।
