Skip to content

होम सुवेदी

समाजसुधारक राधाबल्लभ उपाध्याय

राधाबल्लभ उपाध्यायजी गाउँभरि मात्र नभई ओरपरको समाजमा समेत निकै प्रगतिशील, उदार र समाजसेवी पात्रका रुपमा परिचित छन् । जातिपाति, उचनिच, छुवाछुत आदि कुरालाई अन्धविश्वासका रुपमा मान्छन् । उनले आफूले एक राम्रो नाम कमाएको एनजिओ खोलेका छन् । उनको सेवाकार्य यसैबाट चलेको छ । उनी मात्र नभई उनको परिवार पनि समाजमा उनको सोचअनुरुपको भएको छ । छोराछोरीलाई के हो जातिपाति र के हो छुवाछुत यसको बोध नै गराएनन् । उनको छोरा रमण ता समाजमा झन् प्रगतिशील विचारका छन् ।

भित्तो सफा राख्ने उपाय

स्थानको नाम दिनु राम्रो नपर्ने ठानेर मैले दिइन तैपनि यो स्थान तराईतिरको अवश्य हो । नेपालकै तराइतरिको होभन्दा पनि भयो । यसको अवस्थितिमा तपाईं बीरगन्ज, नेपालगन्ज, राजविराज वा बिराटनगरका कुनै क्षेत्रको परिकल्पना गर्न सक्नुहुन्छ । जता ठान्नुहोस् तपाईंकै खुुसी ।

त्यो थियो बैंक । अनि त्यो बैंकको भवन भव्य थियो । वरिपरि कम्पाउन्ड थियो । बाहिरबाट मात्र भव्य नभई भित्र पनि भव्य थियो । प्राइबेट बैंक भएकोले यसलाई सारै राम्रो गरी सफा र सुघर राखिएको थियो ।

गन्जबहादुरको भीमसिने बोको

प्रस्तावना :

यहाँ कथाको थालनी अघि बचाउका लागि केही नभनी धरै छैन । भनेरै पनि अभरै ता नपरिएला तापनि नभन्नु भनेको अटेरी गर्नु हुन सक्छ । साँचो कुरा भनेपछि खैरियत होला के त ! बरु यो पो सोचेको छु ।

यस कथाका मूल पात्र गन्जबहादुर छन् । उनका पुत्र समरबहादुर छन् । यिनीहरूको गाउँको नाम छ सिकैजा । तर यी सबै कुराहरू काल्पनिक मात्र हुन् । कथामा गन्जबहादुर, समरबहादुर र सिकैजाको कुरा आउनासाथ त्यो ठाउँठेगाना मात्र नभई ती नामहरूसँग यस कथाभित्रका घटनाहरू पनि धेरथोर कतै न कतै ता मिल्न पनि सक्लान् ।

शङ्कालुहरु

अफिबाट साँझ साँझ पर्न लाग्दा लक्ष्मणजी घर आइपुगे । घरमा आउनासाथ हातमुख धोएर उनलाई चिया नास्ता खाने बानी छ । आज पनि त्यही उपक्रम सुरु भयो । सुनिताले चिया खाजा दिइन् । चारजनाको जहानमा अहिले दुई जना मात्र छन् । छोराछोरी पढ्न विदेश गएपछि घर सुनसान भएको छ ।

ए मेरी आमा पो

केदारजी साँझसाँझ पर्दा मात्र बल्ल आज घर पसे । यता उनकी पत्नीले भने उनको निकैतिर खबर गरिसकेकी थिइन् । अनि कतै पत्तो नलागेकोले तिलमिलाइरहेकी थिइन् ।

“काँ जानु भाको थियो दिउसो भरि ? एउटा फोनसम्म पनि नगरीकन यो के हो चाला ?”

“अफिसमै थिएँ त । यसो काम परेकोले अलिक ढिला भयो ।”

भाषा शैली

मानिसका मनमा उठ्ने सोच वा विचारका तरङ्गहरूलाई भाव भनिन्छ । त्यो भावलाई जुनसुकै मानिस आफ्ना मनबाट बाहिर प्रकट गर्न चाहन्छ जसलाई हामी भावाभिव्यक्ति भन्दछौं । भावको अभिव्यक्ति नै भावाभिव्यक्ति हो । भाव अभिव्यक्ति गर्ने पनि नाना तरिका, पद्धति वा विधिहरू हुन्छन् । फेरि यस्ता विधिहरू पनि नाना प्रकारका हुन्छन् । आफ्नो मनको भाव अभिव्यक्त गर्न हामी मान्छेहरूले विभिन्न खालका वस्तुलाई माध्यमका रुपमा अपनाउने गरेका छौं ।

आरक्षण

छोरो एसएलसीमा फेल भएकोमा आमाचाहि‌ विद्यालयमा बडो आक्रोशित भएर पुगिन् र हेडमास्टरसका साथ कड्केर बोलिन्- “किन मेरो छोरो फेल गर्नु भो ? सँगैका धेरै पास भए मेरै चाहि‌ किन फेल भएको ?”

हेडसरले बडो स‌यमित भएर भने- “ऊ अलिक कमजोर नै हो । ऊ जस्तै केही कमजोर नानीहरू अरु पनि फेल भएका छन् । यसैले होला । अब मेहनत गरेर पढ्छ घरबाट पनि मद्दत हुनु पर्छ । अनि पास हुन्छ । हामीले उसलाई पर्याप्त मद्दत गरेकै हो तर के भयो हामीले जान्नै सकेनौ । हुन त फेल हुनु र पास हुनुमा हामीहरूको हात हुँदैन पनि ।”

मामीकी रानी

गर्मीको बेला दिउसो घर अघिको आँपको रुखमुनि खाना खाएर बसेका छन् लालानाथजी । दिउसोको धेरै समय यसै रुखको मुनि बस्छन् र समय बिताउँछन् । अगाडि बाटामा आवत जावत गर्नेहरूलाई कसै कसैलाई यसो हालचाल सोधपुछ गर्छन् । मन बहलाउँछन् ।आँपका रुखबाट एक दुइओटा पाकेका आँप झर्न थालेका छन् । अहिले आँपका पाकेका दुइओटा दाना हातमा लिएका छन् कुनै भुराभुरीआएछ भने दिने विचार गरेर बसेका छन् । विद्यालय छुट्टीको बेला ता होइन तैपनि एक बालिका सडकबाट आइरहेको उनका आँखामा परी र उनले- “आँप खाने हो बेटा ?” भन्दै बोलाए, बालिका आई उनका अघिल्तिर ।

आमाको खुसी

कक्षामा सधैं पहिलो हुने छोराको मार्कसिट हेर्नासाथ आज गीतालाई सारै रिस उठेर आयो । छोराको मार्कसिटलाई लिएर उनी गनगनाउन थालिन्, ‘यसलाई यो बनाउँला र त्यो बनाउँला भन्ने मेरो मनमा कति कति इच्छा थिए, यसले मेरा सारा इच्छालाई पानीमा पार्ने भयो । यसको के होला गति हे दैव ! के गरेर यसले जिन्दगी बिताउला ? यसले कसरी गरी खाला ? कसरी जीवन निर्बाह गर्ला ? ‘

एउटा तुलनाः थुप्रेको र मेरो जिन्दगीका माझ

कुरा थाल्नु अघि अलिकति परिचयको खाँचो पर्न सक्छ । म भनेको एक सादा जीवन बाँचेको मान्छे हुँ । नेपालीको औसतमा पढेलेखेको र सरकारी सेवाको प्रथमश्रेणी सरहको सेवामा जीवनका साठी वर्ष बिताउन लाग्दै गरेको व्यक्ति हुँ । अब केही वर्ष मात्र छ अवकास पाउन । यी मेरो जिन्दगीका साठी वर्ष कुनै नकाम गरेर बितेनन् । सादा दिनचर्या, कर्मप्रति एकनिष्ठा, जागिरप्रति वफादारी, परिवारप्र्रति जिम्मेवारी, छोराछोरीको पढाइ लेखाइमा सजगता, भ्रष्टाचारको नामै नलिने लगभग निस्कलङ्क । मेरो जिन्दगी यस्तै छ । यी मेरा कुरामा कसैलाई पत्यार नलागे मेरो घर हेरे भइहाल्छ । मेरो लवाइ, खवाइ हेरे पनि भइहाल्छ ।

नेता किशोर (बालक) सम्वाद

नेता : ए, लखनवा कति पथ्थर मारिस् रे ?
बालक : सय मारिहालें मालिक ।
नेता : सिसाविसा भी तोडिहालिस् कि ? आर भन् त । पथ्थर गाडीमै लाग्यो कि लागेन रे ?
बालक : गाडीमै लाग्यो । सिसा भी तोडे मालिक ।
नेता : सबै गाडीमा मारिस् कि ?
बालक : एउटा गाडीमा ता हामरै बिरादरको मान्छी थियो । तेसमा मारिन मालिक ।
नेता : बुद्धिमान छ मेरो लखनवा सानै उमेरमा पनि यति जान्नी भइसक्यो बादमा नेता नै भइलिन्छ।
बालक : अब रातमा पनि चल्ती गाडीमा पथ्थर मारुँ कि मालिक ? नदीसे पथ्थर जमा करेछु न ।
नेता : रातिमे भी किन मार्छस् रे ?
बालक : माईको दबाइ र बापुजीको दारुको लागि पैसा चाहियो नि मालिक ।

ज्यालादारी

साधारण गाउँले अपठित किसानहरू अँझै पनि उनलाई बिरस्पति पन्चपर्धान भन्छन् तर उनको नाम बृहस्पति हो । पन्चपर्धानबाट बुझिन्छ उनी ऊ बेलाका प्रधान पञ्च थिए । पञ्चायतको पछिल्लो चरणमा उनी आफ्नो गापंमा निरन्तर पन्ध्रवर्ष प्रधानपन्च भएपछि उनी राजनीति फेरियो अनि उनी पनि फेरिएर अध्यक्ष भए गाविसका । देशको स्थानीय तहको चुनाब हुन छाडेपछि उनी गल्ला व्यापारमा लागेका थिए । पाँचै वर्षमा गल्लाव्यापार फस्टाएर उनी साहू बृहस्पति माजनका रुपमा रुपान्तरित भएका हुन् । हुनेको दैव पनि दाहिनो भनेझैं उनको व्यवसाय यति धेरै फैलियो कि केही कामदारहरूलाई रोजगारी नै दिएर राखे उनले । अब बूढो हुँदै गएपछि कति एक्लो दुःख गर्ने भनेर त्यो व्यवसाय छोरालाई जिम्मा लगाई उनले अर्को लाइन समात्ने विचार गरे ।

चिठी (लघुकथा)

खरेल आमैका दुई जना छोरामध्ये ठुलो नारायण अमेरिका र सानो रोसन क्यानाडामा छन् । पिताको निधन भइसकेको छ । यता आमै मात्र नेपालकाे घरका छिन् । अहिले उनी अलिक बिरामी छिन् । उनको रेखदेखका लागि छिमेकीमा भाडा गरेर बस्न आएको परिवारबाट ठुलो सहयोग छ । यस परिवारबाट सरसहयोग नभएको भए उनी अहिले तंग्रिने पनि थिइन् कि थिइनन् । अघि पछि जस्तो भएन यस पालि । नौनाडी नै गलेर आए । यस पालि उनलाई तातो पानी तताएर खान पनि मुस्किल परिरहेको छ ।

बचत

“रिक्सावाल भाइ, खाली हो ?” सोधिन् सुभद्राले ।

“खाली नै हो हजुर” रिक्सावालले उत्तर दियो ।

“जानकी मन्दिरसम्म जानु छ । त्यहाँसम्मको कति लिन्छौ ?”

छुट्कारा

छोराछोरी नभएकाेमा सारै रडाकाे थियाे । अर्की बिहे गर्ने मन थियाे पतिकाे । पत्नी सरल प्रकृतिकी थिइन् । रडाकाे नभए हुने थियाे भन्ने मन थियाे उनकाे । यही विषयकाे सधै‌काे रडाकाेबाट मुक्तिका लागि अब उनीहरूले अदालतकै बाटाे लिएका थिए । अदालमा उनीहरूका मुद्दाकाे फैसला हुने दिन थियाे । अदालतबाट अब सम्बन्ध विच्छेदकाे काम पुरा भइसक्याे ।

पति र पत्नीका रुपमा गगन र गाैराकाे अब नाता रहेन । उनीहरू अब बेग्लाबेग्लै हुने भए । अलग हुनुकाे कारण अरु केही नभई छोराछाेरी नभएकाेले नै थियाे भन्ने कुरा सबैले बुझेकै थिए । अलग हुने प्रकृयामा बेग्लै कारण देखाइएकाे थियाे ।

शुकबारे भिखारी

दैनिक रुपमा माग्न आउनेहरुलाई शनिवार माग्न आउन नपाउने गरी टोलमा पालो बाँधिएको थियो । ‘तिम्रो पालो आइतबार, तिम्रो सोमबार, तिम्रो मांगलबार, तिम्रो बुध, तिम्रो बिही तिम्रो शुकवार । अरु बारका दिन अर्को टोलमा जाऊ’ आदि आदि । यसो गर्दा अलिक हलुको भएको थियो टोललाई ।

सफाइ अभियान

आज सहर, टोल, नाली, घर करेसाहरु र भवनका कुनाकाप्चा आदिलाई सफाइ राख्नु पर्ने बारे बडो गम्भीर सभा भयो । सहरको मध्यभागमा रहेको सभाभवनमा सभा भएको थियो । सामाजिकको स्वास्थ्यप्रतिको चासोको कुरामा याे बहस भइरहेको थियो अनि किन सभा गम्भीर नहोस् त । बर्खाको बेला विभिन्न सरुवा रोगहरु सर्न सक्ने भएकोले सहरमा र गाउामा पनि जनचेतनाको वृद्धिका लागि सभा गरिएको थियो, भवन खचाखच थियो । समाजका ख्यातनामा नरनारीहरु, राजनीतिक हस्तीहरु र बुद्धिजीवीहरु, पत्रकार, शिक्षक कर्मचारी, प्राध्यापक आदिको ठुलो जमघट थियो ।

छोरी सतर्क हुनु

घरमा भात खाएर यसाे पत्रिका पढ्दै बसिरहेकाे बेला एकासी नरनाथजीलाइ रिँगटा लाग्यो । पेट सहनै नसक्ने गरी दुख्याे । साधारण बिराम हाेला भने पहिले ता यसैले उनले सहेरै बसे ताताे पानी खाए। भुँडि सेके । उनले उति सिकिस्त भएकाे जस्तो नै गरेनन् तर अलिक बढी समस्या देखिएपछि भएकी एउटै छोरीलाइ खबर गरियाे । छोरी धाइफल तोडेेर अाइपुगीन् र बुबालाइ अस्पतालतिर लिएर हि‌डिन् ।

आफ्नै पसिनाको निमक

विराटनगरको मध्ये गर्मीमा मध्ये दिनमा मैले बसबाट ओर्लनासाथ यसो बजारतिर हेरें । पर परतिर एकदुई मान्छेहरू मात्र यसो छाता ओढेर हिंडेका देखिन्थे । बजार सुनसान थियो । पानपसलहरू पनि बन्द थिए । एक दुई ओटा रिक्सावालाहरू पर पर रुखका फेदमा रिक्सा अड्याएर छायामा शीतल तापेर बसेका जस्ता देखिन्थे ।

” मधुमारा जानु छ । जाने हो ?” सोधें एक रिक्सालाई ।

मातृचिन्ता

उसका पिताको ता निकै अघि निधन भइसकेको थियो माताजी मात्र हुनुहुन्थ्यो त्यो पनि लगभग अपाहिज जस्तो । यसैले उसलाई माताजीको सेवा सुश्रूषामा निकै समस्या हुने गरेको थियो । ख्वाइप्याइ, सरसफाइ, दिसापिसाप आदि गराउनु पथ्र्याे । यसैले उसको परिवारमा आमा निकै तनाव दिने विषय बन्नु भएको थियो । निकै पटक वृद्धाश्रममा लाने योजना पनि नगरेको होइन तर किन हो उसले यसो गरिरहेको थिएन । आमाको रेखदेख गर्नका लगि उसकी श्रीमती ता थिइन् तर तिनको सानो काखे नानी थियो यसैले उनले आमाको सेवामा समय दिन धेरै पाउन्नथिन् ।