अँझैसम्म झल्झल्ती सम्झिरहन्छु
पुराना कुरामा म अल्झिरहन्छु,
सुनाएर भित्री कुरा के सकिन्थे
तितै हुन् मिठै हुन् म आफैं सहन्छु ।।
लजाएर हेरिन् जसै सास रोकी
पछाडि सरिन् लाजले ओठ टोकी
मलाई यता यो नयाँ भाव आयो
ममा फेरि माया तुरुन्तै टुसायो ।।
यता प्रेमको बीज झाङ्गिरहेछ
लुकाऊँ भन्यो झन् उदाङ्गिरहेछ
अँझै बैंसका ताप उम्लिरहन्छन्
उता कुप्रिदै होम बाङ्गिरहेछ ।।
कताबाट आयो कताबाट आयो
पसी छातीमा प्रेमले रन्थनायो
ब्यथा छातीमा आज उर्लन्छ यस्तो
मलाई प्रीतिले धुरुक्कै रुवायो ।।
कता छौ कता देवका देव आऊ
बुढौती फिराएर आफैं लगाऊ
तिमी सक्तछौ जे सुकै हे महेश
बुढो होमको लौ जवानी फिराऊ ।।
2016-09-18 05:47:47 +0000
