Skip to content

डिल्ली प्रसाद खराल

बिरहले पिरोल्दा मन


बिरहले पिरोल्दा मन खडेरीझैं आभास भो,
न निल्नु न ऒकल्नुं जिन्दगी एकै गाँस भो,

ममतानै धरातल भो कठोरर्ताले बास गर्दा,
सुन्दर बस्ती ऊडाईलाने त्यही हुरी बतास भो,

तिर्खाएर जिउनु पर्यो

तिर्खाएर जिउनु पर्यो जतिमुख सुके पनि
बाँचिर’छु जन तन पीडाले मन दु:खे पनि,

जति भुलूँ भने पनि तिम्रै यादमा टोलाइरहे
सत्रु ठानी मार्न मलाई दोबाटोमा ढुके पनि

दुनियाको त्यो भीडमा


दुनियाको त्यो भीडमा मान्छेको कयौ जाति पाए
दु:खी अनि पीडित मात्र जिन्दगीमा साथी पाए ?

भाग्य लेख्दा विधाताले पच्क्षपात गरेपछि
जिन्दगीका हर प्रहरमा अन्धकार त्यो राति पाए ?

बर्षौंपछि मुहार उनको देखे मैले सपनीमा


बर्षौंपछि मुहार उनको देखे मैले सपनीमा
मलाई छोडी नजाऊ भनी-छेके मैले सपनीमा

टिपेर त्यो गुलाबको फूल दिन्छु भन्दाभन्दै
चिप्लिएर काँडामाथि-टेके मैले सपनीमा

हाँस्दै थिए हिजोसम्म


हाँस्दै थिए हिजोसम्म आज फेरि रुवाइदियौ
गन्तव्यमा पुग्न नपाई सपना त्यसै तुवाइदियौ,

दुनियाको सामु तिम्ले दोषी मलाई बनाएर
झरेको त्यो पतिङ्गर झैं जिन्दगियो कुवाइदियौ

त्यों फूलको डाली भाचेर के पायौ,


त्यों फूलको डाली भाचेर के पायौ
ल भन-त्यो जवानी नासेर के पायौ ?

दुनियाले मेरो घाऊमा नून चुक लगाउदा
ल भन-म रुदा तिमी हाँसेर के पायौ ?

साथ दिन्छु भन्नेहरू


साथ दिन्छु भन्नेहरू छुटे कति जिन्दगीमा
आफ्नैले आफैलाई लुटे कति जिन्दगीमा,

एकपछि आर्को पीडा नियति दे’को बेला
जरैसित उखल्नलाई जुटे कति जिन्दगीमा,

जन्मेदेखि आजसम्म


जन्मेदेखि आजसम्म घात मात्र दियौ जीवन
चारैतिर आन्धकारको, रात मात्र दियौ जीवन,

हाँसो खुशी बटुलेर जिउने आशा गर्दै थिए
पीडासँगै वेदनाको खात मात्र दियौ जीवन,

वर्ष दिनमा घुम्दै फिर्दै आयौ फेरि दीपावली


वर्ष दिनमा घुम्दै फिर्दै आयौ फेरि दीपावली
चारैतिर हर्ष उल्लाश छायौ फेरि दीपावली,

ढकमक्क दीपहरूले सजिएर गाउँघरैमा
देउसी-भैलो आगनीमा गायौ फेरि दीपावली,

बिबस्ता ले गर्दा आज छोडी आए नेपाल आमा


विवशताले गर्दा आज छोडी आए नेपाल आमाच
तिम्रो माया ममतालाई तोड़ी आए नेपाल आमा,

हिरा मोती त्यही धर्तीमा, हुदा हुदै पनि मैले
संग्लो जीवन जानी जानी, गोडी आए नेपाल आमा,

सपनीका केही झलकहरू

घरि घरि सपनीमा आई दिने को होऊ तिमी
मेरो मन को बगैचामा छाइदिने को हौ तिमी ?

कहिले हिमाल कहिले पहाड देखाउदै सपनीमा
देवी देउराली को दर्शन गराइदिने को हौ तिमी ?

मलाई छोडी अन्तैनाता


मलाई छोडी अन्तैनाता जोडी
गयौ निस्टुरि
बिचबाटोमै पाहिला अन्तै मोडी
गयौ निस्टुरि,

हिजोसम्म तिमि मेरो देउता
होउ भन्नि ले
पराई को घुम्टो आज ओडी गयौ
निस्टुरि,

ए जिन्दगि”


ए जिन्दगि” कति सारै दोधार मा पारि दियौ
फुल्न नपाई कोपिलामै ईच्छा सबै मारी दियौ,

सुस्त सुस्त पाईला हरु लक्ष्यतिर बढ्दै गर्दा
सफलता को सिखर कुनै चढ्न नपाई झारि दियौ,

अनौठो जीवन कथा

अनौठो जीवन कथा कोरिदियो जिन्दगीले
दु:खको त्यो सागर भित्र छोडिदियो जिन्दगीले,

सम्भाल्नत खोजेकैथे कोमोल यो हृदयलाई
सिसा जस्तै झर्याम्-झुरुम् तोडिदियो जिन्दगीले

दु:खि माथि केहि त दया गरिदेउ भगवान


दु:खि माथि केहि त दया गरिदेउ भगवान
पिर मर्र्का बेदना लाई हरि देउ भगवान,

धिक्कार छ जिबन यो भन्दै जिउने हरु लाई.
मुस्कान उनको मुहार मा छरीदेउ भगवान

सुनौलो बिहानी संगै “

सुनौलो बिहानी संगै उदाई देउ जिन्दगि.
निरासाको कालो बादल मेटाई देउ जिन्दगि,

ऋतु हरुमा फूल जस्तै फुल्न खोजे भनि.
सप्तरंगी फुल बनि फुली देउ जिन्दगि,

यो साल दशैं तिहारमा


यो साल दशैं तिहारमा घर आउन पाईन आमा हातको टीका जमरा कानमा लाउने पाईन आमा,

बाध्यता भो परदेशी जीवन जिउनै पर्ने आज
बाबाको आशिष तिम्रो माया पाउन पाईन आमा,

दु:ख सु:ख वेदनामै चलेको छ जिन्दगी


दु:ख सु:ख बेदनामै चलेकोछ जिन्दगि
उकाली र ओरालीमै गलेकोछ जिन्दगि,

स्वार्थले नै उब्जाएको अबिश्वासको जालमा परी
तेरो मेरो भन्दै आफै जलेकोछ जिन्दगि,