Skip to content

डिल्ली प्रसाद खराल

यो जिन्दगी

यो जिन्दगी मरुभूमिकै बास हुने भो
फुल्नै नपाई कोपिलामै नास हुने भो

बुनेर हजार सपनाहरू बाँचुन्जेल
पराईको मुलुकमा दास हुने भो

जिउँदा हरेक रहर पुरा गर्छु भन्दाभन्दै
जिन्दगी यो धड्कन बिनाको लास हुने भो

झुटको खेती गर्दा

झुटको खेती गर्दा मुटु दुखेपछि रुनेछौ
आफ्नै शीर दुनियाँसामु झुकेपछि रुनेछौ

बल्झाएर अतित मेरो जतिसुकै हाँस तिमी
ओठमुख तिम्रो भोलि सुकेपछि रुनेछौ

बाँचुजेल जिन्दगीको

बाँचुजेल जिन्दगीको आश थियौ तिमी
हृदयमा धड्किरहने सास थियौ तिमी

छुट्नूनै थियौ भने किन रोज्यौ मेरो साथ
मेरो भोक मेटाउने गाँस थियौ तिमी

बाचुन्जेल दुनियाँको


बाचुन्जेल दुनियाँको हाँसो भएँ सधैं म
स्वार्थीहरूको संसारमा खाँचो भएँ सधैं म

आफ्नो खुशी चाहना जति अरुकै निम्ति सुम्पे जब
बन्द त्यही पिंजडाको साँचो भएँ सधैं म

राम्रो बोली मिठो वचन जति बोल्दै गए पनि
त्यो घाँटीमा खस्खसाउने कासो भएँ सधैं म

DilliPrasadKharal-02

आफ्नो मन आफैँभित्र

आफ्नो मन आफैँभित्र दुखाई हिँड्छौ कति दिन
आफ्नो कमीकमजोरीलाई लुकाई हिँड्छौ कति दिन

बगरको ढुङ्गा जस्तै मिल्काएर जिन्दगीलाई
वेदनाका आँशुहरू सुकाई हिँड्छौ कति दिन

सयपत्री र मखमली माला

सयपत्री र मखमली माला गाँसेर आऊ दिपावली
म रोएर केभो र तिमी हाँसेर आऊ दिपावली

निराशाले ढाकेको कालो बादल हटाउँदै
शत्रु बैरी दु:ख कष्ट मासेर आऊ दिपावली

DilliPrasadKharal-03

तिम्रो तस्वीर हर शहरमा

तिम्रो तस्वीर हर शहरमा देख्छु अचेल
तिमीलाई मैले हर रहरमा देख्छु अचेल

एकान्तमै टोलाएर बसेपनि सधैँ म
तिम्रो मुहार हर प्रहरमा देख्छु अचेल

नेपाल आमा तिम्रो सिर”

नेपाल आमा तिम्रो शीर झुक्न कहिल्यै दिने छैन
तिम्रो मायाँ ममतालाई चुक्न कहिल्यै दिने छैन

बुद्ध सीता जन्मिएको देव भूमि नेपालमा
दुश्मनलाई वरिपरि ढुक्क कहिल्यै दिने छैन

एकान्तमा सम्झी मलाई

एकान्तमा सम्झी मलाई टोलाउँछ्यौ रे अँझै पनि
हिजो आज सपनीमा बोलाउँछ्यौ रे अँझै पनि

मेरो निश्चल मायाँलाई कुल्चिएर गए पनि
हामी बिचको भिन्नतालाई केलाउँछ्यौ रे अँझै पनि

जानुनै थियो त

जानु नै थियो त नटिक्ने नाता जोडेर गयौ केको निम्ति
थिए म कमजोर सिसाजस्तै तोडेर गयौ केको निम्ति

आजित भइसकेथेँ त्यतिबेला यो मनलाई फकाउँदा
ओइलाउँदै थिए पिपिरा झैं गोडेर गयौ केको निम्ति

फेसबुकमा मायाप्रीति

फेसबुकमा माया पिर्ती बसे झैं लाग्न थाल्यो
झन दु:खको चक्रव्यूहमा फसे झैं लाग्न थाल्यो

न निल्नु न ओकल्नु कस्तो नसा पिरतीको
मुर्दालाई झैँ वरिपरि कसे झैं लाग्न थाल्यो

अचकल्टोमा पारेर

अधकल्चोमा पारेर घाट चढाई गयौ नेता हो
जिउँदै चितामा जनतालाई, डढाई गयौ नेता हो

अग्रगामी राष्ट्रको अस्तित्व सबै मेटाउन
सिङ्गो देशलाई आतंकको पाठ पढाई गयौ नेता हो

हिउ जस्तै गलेर जाँदा

हिउँ जस्तै गलेर जाँदा कहाँ थियौ त्यति बेला
जोवन त्यसै ढलेर जाँदा कहाँ थियौ त्यति बेला

गह भरि आँशु बनाई टोलाइरहे एकान्तमा
मनको तापले जलेर जाँदा कहाँ थियौ त्यति बेला

२०७२ तिमी

दुईहजार बहत्तर तिमी काल बनी किन आयौ ?
हजारौको ज्यान लिने साल बनी किन आयौ ?

सयौं फूलका थुङ्गाहरूले”सजिएको मेरो देशमा
बिनासकारी त्यो समुद्री छाल बनी किन आयौ ?

कति बद्’नाम हुनेछौ”

कति बद्’नाम हुनेछौ म जस्तै, तिमी पनि एक दिन
धुरु धुरु रुनेछौ म जस्तै, तिमी पनि एक दिन

मेरोनाम मेटाउन जति कोशिस गरतिमि बचुन्जेल
आँशुले मुख धुनेछौ म जस्तै, तिमी पनि एक दिन

इन्द्रेणीको तरंग मैले”


इन्द्रेणीको तरंग मैले छर्न सकिन तिम्रो लागि
त्यो ओठ्मा हाँसो खुशी भर्न सकिन तिम्रो लागि

यो मुटुको ढुक्ढुकिमा तिम्रै नाम लेखेर पनि
दु:ख पिडा जिन्दगिमा हर्न सकिन तिम्रो लागि”

मुटुमाथि ढुंगा राखी”

मुटुमाथि ढुंगा राखी बाँच्नै प्रर्ने कस्तो जीवन
परेलीमै आँशु रोकी हाँस्नै प्रर्ने कस्तो जीवन,

हिँड्दा हिड्दै गोरेटो यो टुङ्गिए झैँ लाग्दा पनि
जिन्दगीको रंगमंच नाच्नै पर्ने कस्तो जीवन

खहरेंखोला त्यो बगरमाझैं


खहरेंखोला त्यो बगरमाझैं सुक्न हुन्न कहिल्यै
जिन्दगीलाई धिक्कार्दै आफै थुक्न हुन्न कहिल्यै

शिर लुकाई दुनियाँ सामु हाँसेर हिंड बरु तिमी
काँडा बनी कसैको दिल्मा दुख्न्न हुन्न कहिल्यै

नयन भरि’


नयन भरि आँशुको सागर भरेर के पाँयौ भन
यो मुटुमा अंन्तरघात गरेर के पाँयौ भन’

रहर बिर्सी-जहर पिदै बाँच्नु परेको बेला
मेरै आँशुको सागर बाट तरेर के पाँयौ भन’