Skip to content

यो साल दशैं तिहारमा



यो साल दशैं तिहारमा घर आउन पाईन आमा
त्यो हातको टीका जमरा कानमा लाउन पाईन आमा,

बाध्यता भो परदेशी जीवन जिउनै पर्ने आज
बाबाको आशिष तिम्रो मायामा छाउन पाईन आमा,

रंगी र चंगी गाउँघर होलान दशैं र तिहारमा
देउसी र भैलो त्यो गीति भाकामा गाउन पाईन आमा,

गैरी खेतमा धानका बाला लहलह झुल्दै होलान्
आलो र पालो गर्दै मेलामा धाउन पाईन आमा,

नमुछ्नु टीका जमरा मलाई आउन पाईन आमा
निधारमा टीका जमरा योसाल लाउन पाईन आमा,

डिल्ली प्रसाद खराल “घायल”
बिरेंद्रनगर चितवन
हाल : दुबई यू.ए.इ
dilipkharal@gmail.com

1 thought on “यो साल दशैं तिहारमा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *