
साथ दिन्छु भन्नेहरू छुटे कति जिन्दगीमा
आफ्नैले आफैलाई लुटे कति जिन्दगीमा,
एकपछि आर्को पीडा नियति दे’को बेला
जरैसित उखल्नलाई जुटे कति जिन्दगीमा,
चर्किएका सपनाहरू पौरखले टाल्छु भन्दा
समयको फाइदा उठाई चुटे कति जिन्दगीमा,
बिधताले छड्के नजर यो दु:खिलाई तरेपछि
आँधी-हुरी असिनाले कुटे कति जिन्दगीमा,
आफ्नो बाटो सिधा पार्न, स्वार्थी यो दुनियाले
यो घायललाई भट्टमास झैं भुटे कति जिन्दगीमा,
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

Heart.touching gazhal,
Heart.touching gazhal,
Excellent..!!
Excellent..!!
Excellent..!!
Excellent..!!
सारै मार्मिक रहेछ ।
सारै मार्मिक रहेछ ।
भाइकाे गजल कता कता कमजाेर छ
भाइकाे गजल कता कता कमजाेर छ नत्र यसलाई गजलकाे परिधिमा राख्न सकिने रहेछ ।
जस्ले जे भनेपनि लेख मार्मिकछ बेस्ट अफ लक,,
जस्ले जे भनेपनि लेख मार्मिकछ बेस्ट अफ लक,,