Skip to content

तिर्खाएर जिउनु पर्यो


तिर्खाएर जिउनु पर्यो जतिमुख सुके पनि
बाँचिर’छु जन तन पीडाले मन दु:खे पनि,

जति भुलूँ भने पनि तिम्रै यादमा टोलाइरहे
सत्रु ठानी मार्न मलाई दोबाटोमा ढुके पनि

दुनियाँ नै बैरी भयो तिम्लाई मैले आफ्नो मान्दा
हृदयमा सजाइरहे तिम्ले मलाई थुके पनि,

पर्खिबसे तिम्रै बाटो मनमा आशा जगाएर
जिउने ठहर गरेकैछु तिम्ले बाचा चुके पनि,

सोच्नमन लाग्छ आजै एकान्तमा तिम्रै बारे
मलाई छोडी जुनकुनामा टाढा गई लुके पनि,

डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,

Leave a Reply

Your email address will not be published. Required fields are marked *