
हाँस्दै थिए हिजोसम्म आज फेरि रुवाइदियौ
गन्तव्यमा पुग्न नपाई सपना त्यसै तुवाइदियौ,
दुनियाको सामु तिम्ले दोषी मलाई बनाएर
झरेको त्यो पतिङ्गर झैं जिन्दगियो कुवाइदियौ
छेक्दै थिए परेलीमै अडाएरै राख्छु भनी
निर्दोष मेरा नयनबाट आँसु धारा चुवाइदियौ
संसारको दु;ख पीडा मेरै भागमा थुपारेर
ए जिन्दगी किन आज लाखौ हन्डर खुवाइदियौ
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : दुबई यू.ए.इ,
