झुकी झुकी डिल्ली प्रसाद खराल गजल by thirsty heart.January 27, 2017 झुकी झुकी कसैसँग किन हिंड्छौ बिना कारण लुकी लुकी किन हिंड्छौ जे हुनु भएर भएरै छाड्छ एक दिन पाहिलै पिछ्छे चुकी चुकी किन हिंड्छौ
कागज जस्तै डिल्ली प्रसाद खराल गजल by thirsty heart.December 16, 2016 कागज जस्तै हो जिन्दगी जलेर जान सक्छ जवानी तेसै न फालखेर ढलेर जान सक्छ जस्लाई आफ्नो मन मुटु ठान्छौ तिमी तेसैमापनि शंकाको आगो बलेर जान सक्छ
सपनाहरू डढेर डिल्ली प्रसाद खराल गजल by thirsty heart.December 9, 2016सपनाहरू डढेर जाँदैछ मन्मा पिर बढेर जाँदैछ कोमल यो मन्को मझेरीमा काँडा बनी गडेर जाँदैछ
आफ्नै आँशु डिल्ली प्रसाद खराल गजल by thirsty heart.December 3, 20161 Commentआफ्नै आँशु पिएर बाँच्दैछु फुको मुस्कान दिएर बाँच्दैछु देख्नेले त भन्छन् हृष्ट-पुष्ट छस् भित्रभित्रै खिएर बाँच्दैछु
बेहोसी भै डिल्ली प्रसाद खराल गजल by thirsty heart.November 26, 20161 Commentबेहोसी भै छट्पटाउन मन लाग्दैछ किन किन शरीरको माँया झन लाग्दैछ मरिलाने केनै छर दुई दिने जिन्दगीमा तरपनि ठुलो यहाँ धन लाग्दैछ
सारा खुशी चाहनाहरू डिल्ली प्रसाद खराल गजल by thirsty heart.November 18, 2016सारा खुशी चाहनाहरू मार्दै हाँस्या छु लाचार यी आँशुहरू झार्दै हाँस्या छु हर्ष उल्लास् उमङ्ग जति कहाँ गयो खै जिन्दगीलाई यता उता सार्दै हाँस्या छु
न त रोकेर बाटो डिल्ली प्रसाद खराल गजल by thirsty heart.November 11, 2016न त रोकेर बाटो उन्लाई छेक्न सकें न उन्को आगनीमा आजसम्म टेक्न सकें जुनीभर सातदिन्छु भनेर पनि हिजो न तस्बीरमा बाहेक उन्लाई देख्न सकें
कहिले यी आँशु डिल्ली प्रसाद खराल गजल by thirsty heart.November 5, 20161 Comment कहिले यी आँशु लुकाउदै रोएँ कहिले यो सिर झुकाउदै रोएँ साझ बिहान हर पल अतितलाई कहिले सम्झदै घोक्रो सुकाउदै रोएँ
मेरो देशमा शान्तिको दियो डिल्ली प्रसाद खराल गजल by thirsty heart.October 28, 2016मेरो देशमा शान्तिको दियो बालेर आऊ दिपावली निराशाको कालो बादल फालेर आऊ दिपावली सत्यमाथि असत्यको विजय चाहने मानवरूपी पत्थरलाई गालेर आऊ दिपावली
मेरो मायाँ मुटु रोप्ने डिल्ली प्रसाद खराल गजल by thirsty heart.October 21, 2016 मेरो माया मुटु रोप्ने छुरा लाग्यो तिमीलाई आई लब यू, के भनेथे बुरा लाग्यो तिमीलाई नौटन्किको प्रेमजालमा फसेकी रैछौ र त सिसा जस्तै फुटीजाने चूरा लाग्यो तिमीलाई
आफ्नो औकात मान्छेले डिल्ली प्रसाद खराल गजल by thirsty heart.October 14, 2016आफ्नो औकात मान्छेले आफैं भूलेकै देखे श्रीमती माथि श्रीमती आर्की हुलेकै देखे मुखले राम राम जप्दै हिड्ने मान्छेहरूले पैसाको लागि अमृतमा बिष घुलेकै देखे आदिहुरि असिनाको झटारोले हान्दा पनि गुलाब जस्तै काँडाको बीचमा फुलेकै देखे
रेटी रेटी यो मुटुलाई डिल्ली प्रसाद खराल गजल by thirsty heart.October 7, 2016 रेटी रेटी यो मुटुलाई मारी निष्ठुरीले तड्पी तड्पी बाँच्न मलाई पारी निष्ठुरीले यो मायाको संसारमा फिजाएर जाल माछीलाई झैं तेलमा आज खारी निष्ठुरीले चुम्छु भनेकै थिए सफलताको शिखरलाई दुखै दु:खको सागरमा झारी निष्ठुरीले
गरीबलाई धुरु धुरु डिल्ली प्रसाद खराल गजल by thirsty heart.October 3, 20165 Comments गरिबलाई धुरु धुरु”रुवाउन आयो दशैं मात्र टीका जमराले”सुवाउन आयो दशैं।। निर्दोष अन्जान हजारौ पशु पन्छीहरूको आशु धारा” चूहाउन आयो दशैं।।
पराईलाई आफ्नो ठान्नु डिल्ली प्रसाद खराल गजल by thirsty heart.September 25, 2016पराईलाई आफ्नो ठान्नु भूल थियो मेरो हजारौंमा उस्लाई छान्नु-भुल थियो मेरो आजाद त्यो पन्छीलाई मैले तेति बेला माँया रुपि जाल्मा तान्नु-भुल थियो मेरो
हाँस्नु पर्दैछ डिल्ली प्रसाद खराल गजल by thirsty heart.September 18, 2016दुखी दुखी हाँस्नु पर्दैछ झुकी झुकी बाँच्नु पर्दैछ भित्र भित्रै बहकिने मनलाई रोकी रोकी बाँध्नु पर्दैछ यौटै मात्र आस्थाको लौरी चुकी चुकी भाँच्नु पर्दैछ
पर्देशी आमा रुदैछ डिल्ली प्रसाद खराल गजल by thirsty heart.September 8, 2016 परदेशी आमा रुँदैछे बाटो हेरेर रक्तामै मेरो देशको माटो हेरेर परदेशिन बाद्धेभए कस्तो बिडम्बना खडेरीले नाङ्गिएको पाटो हेरेर
मुटु भित्र आधी हुरी डिल्ली प्रसाद खराल गजल by thirsty heart.August 20, 2016मुटुभित्र आधी हुरी चले झैं भको छ उकुसमुकुस हृदय यो जले झैं भको छ हिजोसम्म चल्दा चल्दै न थाक्ने पाउहरू न जाने किन अब गले झैं भको छ चादनी झैं सितल यो हृदयमा भित्र धिपी धिपी आगो बले झैं भको छ
न साह्रो डिल्ली प्रसाद खराल गजल by thirsty heart.August 16, 2016 न साह्रो न त गिलो नै भाछु अचेल सबैले निचोर्ने पिलो भाछु अचेल चारैतिर निष्पट्ट अन्धकारको विचमा लत्पतिदै मुछिएको हिलो भाछु अचेल घाईते मुटु लिएर भाग्दा भाग्दै आजसम्म जिन्दगीको उकालीमा ढिलो भाछु अचेल
खहरेको भेल-रहेछ डिल्ली प्रसाद खराल गजल by thirsty heart.July 24, 2016खहरेको भेल-रहेछ यो जिन्दगी नौटंकीको खेल-रहेछ यो जिन्दगी बन्दी त्यो पिंजडाको चरी जस्तै बाँच्नै पर्ने जेल-रहेछ यो जिन्दगी सहारा खोज्दा पाए मात्र तिरस्कार घृणा आँसुको मेल-रहेछ यो जिन्दगी
हिरामोती सिङ्गारिएको हात डिल्ली प्रसाद खराल गजल by thirsty heart.July 6, 2016हिरामोती सिङ्गारिएको हात अब चाहिँदैन पीडादायी अन्धकार रात अब चाहिँदैन बाँच्न पक्कै सक्नेछु एक्लै यो संसारमा जिउन मलाई तिम्रो कुनै सात अब चाहिँदैन