घरि घरि सपनीमा आई दिने को होऊ तिमी
मेरो मन को बगैचामा छाइदिने को हौ तिमी ?
कहिले हिमाल कहिले पहाड देखाउदै सपनीमा
देवी देउराली को दर्शन गराइदिने को हौ तिमी ?
सुस्त सुस्त पाइलाहरू अगि बढाउ भन्दै मलाई.
रातो टीका निधारमा लगाइदिने को हौ तिमी ?
सुन्दरताले भरिएको स्वर्ग जस्तै ठाउँमा लगि
झस्काएर निद मानै जगाइदिने को हौ तिमी ?
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल :दुबई यू.ए.इ,
