Skip to content



ए जिन्दगि” कति सारै दोधार मा पारि दियौ
फुल्न नपाई कोपिलामै ईच्छा सबै मारी दियौ,

सुस्त सुस्त पाईला हरु लक्ष्यतिर बढ्दै गर्दा
सफलता को सिखर कुनै चढ्न नपाई झारि दियौ,

हिर्दय को चित्कार लाई भाग्य तिम्ले नसुन्दा
निकट हुदा खुशी मेरो धेरै टाडा सारिदियौ,

सोच अनि लक्ष्यहरु तहस नहस बनायर
जीवन भर दु:ख दिई, जिन्दागानी टारिदियौ,

डिल्ली प्रसाद खराल” घायल ”
बिरेंद्रनगर चितवन ,
हाल : दुबई यू.ए.इ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *