
बिरहले पिरोल्दा मन खडेरीझैं आभास भो,
न निल्नु न ऒकल्नुं जिन्दगी एकै गाँस भो,
ममतानै धरातल भो कठोरर्ताले बास गर्दा,
सुन्दर बस्ती ऊडाईलाने त्यही हुरी बतास भो,
पर्दैगए कलेटी-मुस्कान दिने ऒठहरूमा
हाँसो खुशी उढ़ेपछि जिन्दगी झन् उदाश भो,
भुल्न कति गारोभो अतितका छर्णहरूलाई
दुनियाले कुरा काट्दा जिन्दगी एक उपहास भो,
सजल तिनै नयनहरूमा सजाकोथे आफ्नै संसार
सिसासरि भाग्य फुट्दा जिन्दगीनै सत्तेनास भो,
डिल्ली प्रसाद खराल”घायल ”
बिरेंद्रनगर चितवन,
हाल : मरुभूमिको छाती दुबई,
Feedback:-Dilipkharal@gmail.com,
