Skip to content

डिल्ली प्रसाद खराल

चिँरेर हेर मुटुमा मेरो’

चिरेर हेर मुटुमा मेरो दु:खेको देख्छौ आफैं
रगतका कति तालहरू सुकेको देख्छौ आफैं

भित्रभित्रै पिल्सिएर दुनियाँ सामु हाँसे पनि
निहाली हेर त मुहार मेरो झुकेको देख्छौ आफैं

सँगै यात्रा गर्दै थिएँ


सँगै यात्रा गर्दै थिएँ छुटेर गयौ तिमी
झर्याम झुरुम सिसा जस्तै फुटेर गयौ तिमी

शीतलताको न्यानोपनमा रम्न थालेको थे
एकलौटी मायाँ मेरो लुटेर गयौ तिमी

जति मायाँ गरे पनि


जति♥मायाँ♥गरे पनि टाढा भयौ आज तिमी
यो मुटुमा बिजाउने काँडा भयौ आज तिमी

एकै रथका दुई पाङ्ग्रा हौं भन्ने गर्थ्यौ हिजो खुब
पराईलाई बोकी हिड्ने गाढा भयौ आज तिमी

‘ए’ जिन्दगी आँशु झारें

‘ए’ जिन्दगी आँशु झारें तिम्रै कारणले
आफैंलाई शोकमा पारें तिम्रै कारणले

हृदयमा ज्वालामुखी झैं बिस्पोट भएर
जिती राख्यौ आज हारे तिम्रै कारणले

DilliPrasadKharal

काँडे भञ्ज्याङ्

काँडे भञ्ज्याङ् त्यो डाडाको शिर रहेछ जीवन
बाह्रै मास पहिरो जाने भिर रहेछ जीवन

खहरे झैँ उर्लिएर फेरि आफै सुकी जाने
त्यो खोलीबगरको तिर रहेछ जीवन

चादनी छर्ने चन्द्रमा पनि


चादनी छर्ने चन्द्रमा पनि बादलु भित्र लुकेको देखेँ
शितलता दिने रुख पनि शिशिर याममा सुकेको देखेँ

मिलन बिछोड यस्तै रहेछ कहिले हास्ने कहिले रुने
मुस्कान दिदै हासेता पनि मुटुमा कति दुखेको देखेँ

बोल्दैछ आत्मा

दैव आई सारा खुशी लुट्दा कति रोयौ होला
ती हातका राताचुरा, फुट्दा कति रोयौ होला

जीवनभर सगै रम्ने मनमा धोको हजार हुँदा
साराखुशी सिसासरि टुट्दा कति रोयौ होला

चंन्चल मनलाई”

चन्चल मनलाई खुशी पार्ने धुन भेटिन
मैले खोज्या जस्तो शीतल जुन भेटिन

कल्पनामा जतिसुकै रमाएर बाँचे पनि
उनको माया किन्ने त्यस्तो सुन भेटिन

मरुभूमिको चर्को घाममा”


मरुभूमिको चर्को घाममा पाक्दै छु बाबा
जिन्दगिलाई कालको मुखमा जाक्दै छु बाबा

कंयौपटक् भाग्यसंग पराजीत हुदै आज
लक्ष्य बिहिन गन्तब्यमा भाग्दै छु बाबा,

रुँदा देश धुरु धुरु


रुदादेश धुरु धुरु ईश्वर आज कहाँ छौ
चुदा रगत हजारौको ईश्वर आज कहाँ छौ,

चारैतिर लासैलास अनि खुनको तालमा
हुदा मानिस बिचल्ली ईश्वर आज कहाँ छौ,

झार्यौ दैव किन


जानकी मन्दिर धरहरालाई झार्यौ दैव किन
सपना जति किनार लगाई टार्यौ दैव किन”

स्वतन्त्र भैई जिन्दगानी काट्छु भन्नेलाई
आँसु आँसुकै तालमा आज पार्यौ दैव किन

हाँस्न भन्छौ


हाँस्न भन्छौ मन मेरो टुटेको देख्दा देख्दै
सिसा जस्तै भाग्य आज फुटेको देख्दा देख्दै

सागरको लहर जस्तै अशान्त यो जिन्दगीमा
गाँस्न भन्छौं सम्बन्ध त्यो छुटेको देख्दा देख्दै

मदर्स्डे- “स्पेसल”


आमा बाबा सधैं तिम्रो वरिपरि हुन पाऊँ
कोमल तिनै पाउहरूमा सिर निहुराई छुन पाऊँ

चाहिंदैन अरु कुनै संसारको खुशी मलाई
नयनभित्र नबिझाई, आँसु बनी चुन पाऊँ

शिखर छुने रहरमा


शिखर छुने रहरमा बित्दैछ जिन्दगी यो
पराईको “शहरमा” बित्दैछ जिन्दगी यो,

कैले डुब्दै गहिराईमा कैले छाँगबाट खस्दै
कल्पनाको “लहरमा” बित्दैछ जिन्दगी यो,

जस्को पनि जिन्दगी


जस्को पनि जिन्दगी त्यो जालमा पर्न सक्छ
दुस्मनले रचेको त्यो चालमा पर्न सक्छ

दौलतको आडमा आज जतिसुकै नाच तिमी
सम्पति भोलि कौडाको त्यो खालमा पर्न सक्छ

आँखाभरि टिलपिल आँसु “


आँखाभरि टिलपिल आँसु पार्दै म परदेश आएँ
जिन्दगीलाई सात समुद्र तार्दै म परदेश आएँ ।”

मिठो पिठो जे भएनि बाँडी खाउँला सँगै भन्थे
नयनबाट बलिन धारा झार्दै म परदेश आएँ । ”

बन पाखामा लाली गुरास


बन पाखामा लाली गुरास फुलेकै देख्छु
कुलतमा परि मान्छे झुलेकै देख्छु

जिउदा यम राजहरु घुम्दै सहरमा
खुलेआम ड्रग्स बेची डुलेकै देख्छु ,

मुटु भित्र आधि हुरी चल्यो र त ,


मुटुभित्र आधि हुरी चल्यो र त पिउन थाले
जिन्दगीले आफैलाई छल्यो र त पिउन थाले ?

गगनमा चरी झैं उड्ने ईच्या चाह हुदा
भित्र भित्रै हृदय यो गल्यो र त पिउन थाले ?

बर्सौ भो बिछोड भाको


बर्षौँ भो बिछोड भाको भुल्न अजै सक्या छैन
कोपिलामै दाग लाग्दा फुल्न अजै सक्या छैन ?

मुटु जल्ने ज्यानै गल्नी कस्तो नसा अतितको
खुशीमनले आजसम्म डुल्न अजै सक्या छैन ?

ओइलिएर फूल जस्तै


ओइलिएर फूल जस्तै झरेझैं भाको छ,
दु:खी जीवन जिउदा जिउदै मरेझैं भाको छ

बाचुन्जेल संघर्षको खेती गर्दा गर्दै,
भाग्य आज आन्दोलनमा परेझैं भाको छ