चिँरेर हेर मुटुमा मेरो’ डिल्ली प्रसाद खराल गजल by thirsty heart.July 16, 2015चिरेर हेर मुटुमा मेरो दु:खेको देख्छौ आफैं रगतका कति तालहरू सुकेको देख्छौ आफैं भित्रभित्रै पिल्सिएर दुनियाँ सामु हाँसे पनि निहाली हेर त मुहार मेरो झुकेको देख्छौ आफैं
सँगै यात्रा गर्दै थिएँ डिल्ली प्रसाद खराल गजल by thirsty heart.July 9, 2015 सँगै यात्रा गर्दै थिएँ छुटेर गयौ तिमी झर्याम झुरुम सिसा जस्तै फुटेर गयौ तिमी शीतलताको न्यानोपनमा रम्न थालेको थे एकलौटी मायाँ मेरो लुटेर गयौ तिमी
जति मायाँ गरे पनि डिल्ली प्रसाद खराल गजल by thirsty heart.July 2, 2015 जति♥मायाँ♥गरे पनि टाढा भयौ आज तिमी यो मुटुमा बिजाउने काँडा भयौ आज तिमी एकै रथका दुई पाङ्ग्रा हौं भन्ने गर्थ्यौ हिजो खुब पराईलाई बोकी हिड्ने गाढा भयौ आज तिमी
‘ए’ जिन्दगी आँशु झारें डिल्ली प्रसाद खराल गजल by thirsty heart.June 25, 2015‘ए’ जिन्दगी आँशु झारें तिम्रै कारणले आफैंलाई शोकमा पारें तिम्रै कारणले हृदयमा ज्वालामुखी झैं बिस्पोट भएर जिती राख्यौ आज हारे तिम्रै कारणले
काँडे भञ्ज्याङ् डिल्ली प्रसाद खराल गजल by thirsty heart.June 18, 2015काँडे भञ्ज्याङ् त्यो डाडाको शिर रहेछ जीवन बाह्रै मास पहिरो जाने भिर रहेछ जीवन खहरे झैँ उर्लिएर फेरि आफै सुकी जाने त्यो खोलीबगरको तिर रहेछ जीवन
चादनी छर्ने चन्द्रमा पनि डिल्ली प्रसाद खराल गजल by thirsty heart.June 6, 2015 चादनी छर्ने चन्द्रमा पनि बादलु भित्र लुकेको देखेँ शितलता दिने रुख पनि शिशिर याममा सुकेको देखेँ मिलन बिछोड यस्तै रहेछ कहिले हास्ने कहिले रुने मुस्कान दिदै हासेता पनि मुटुमा कति दुखेको देखेँ
बोल्दैछ आत्मा डिल्ली प्रसाद खराल गजल by thirsty heart.May 28, 2015दैव आई सारा खुशी लुट्दा कति रोयौ होला ती हातका राताचुरा, फुट्दा कति रोयौ होला जीवनभर सगै रम्ने मनमा धोको हजार हुँदा साराखुशी सिसासरि टुट्दा कति रोयौ होला
चंन्चल मनलाई” डिल्ली प्रसाद खराल गजल by thirsty heart.May 20, 2015चन्चल मनलाई खुशी पार्ने धुन भेटिन मैले खोज्या जस्तो शीतल जुन भेटिन कल्पनामा जतिसुकै रमाएर बाँचे पनि उनको माया किन्ने त्यस्तो सुन भेटिन
मरुभूमिको चर्को घाममा” डिल्ली प्रसाद खराल गजल by sabita raiMay 8, 2015 मरुभूमिको चर्को घाममा पाक्दै छु बाबा जिन्दगिलाई कालको मुखमा जाक्दै छु बाबा कंयौपटक् भाग्यसंग पराजीत हुदै आज लक्ष्य बिहिन गन्तब्यमा भाग्दै छु बाबा,
रुँदा देश धुरु धुरु डिल्ली प्रसाद खराल गजल by thirsty heart.April 29, 2015 रुदादेश धुरु धुरु ईश्वर आज कहाँ छौ चुदा रगत हजारौको ईश्वर आज कहाँ छौ, चारैतिर लासैलास अनि खुनको तालमा हुदा मानिस बिचल्ली ईश्वर आज कहाँ छौ,
झार्यौ दैव किन डिल्ली प्रसाद खराल गजल by thirsty heart.April 25, 20156 Comments जानकी मन्दिर धरहरालाई झार्यौ दैव किन सपना जति किनार लगाई टार्यौ दैव किन” स्वतन्त्र भैई जिन्दगानी काट्छु भन्नेलाई आँसु आँसुकै तालमा आज पार्यौ दैव किन
हाँस्न भन्छौ डिल्ली प्रसाद खराल गजल by thirsty heart.April 20, 2015 हाँस्न भन्छौ मन मेरो टुटेको देख्दा देख्दै सिसा जस्तै भाग्य आज फुटेको देख्दा देख्दै सागरको लहर जस्तै अशान्त यो जिन्दगीमा गाँस्न भन्छौं सम्बन्ध त्यो छुटेको देख्दा देख्दै
मदर्स्डे- “स्पेसल” डिल्ली प्रसाद खराल गजल by thirsty heart.April 17, 2015 आमा बाबा सधैं तिम्रो वरिपरि हुन पाऊँ कोमल तिनै पाउहरूमा सिर निहुराई छुन पाऊँ चाहिंदैन अरु कुनै संसारको खुशी मलाई नयनभित्र नबिझाई, आँसु बनी चुन पाऊँ
शिखर छुने रहरमा डिल्ली प्रसाद खराल गजल by thirsty heart.April 15, 2015 शिखर छुने रहरमा बित्दैछ जिन्दगी यो पराईको “शहरमा” बित्दैछ जिन्दगी यो, कैले डुब्दै गहिराईमा कैले छाँगबाट खस्दै कल्पनाको “लहरमा” बित्दैछ जिन्दगी यो,
जस्को पनि जिन्दगी डिल्ली प्रसाद खराल गजल by thirsty heart.April 3, 20152 Comments जस्को पनि जिन्दगी त्यो जालमा पर्न सक्छ दुस्मनले रचेको त्यो चालमा पर्न सक्छ दौलतको आडमा आज जतिसुकै नाच तिमी सम्पति भोलि कौडाको त्यो खालमा पर्न सक्छ
आँखाभरि टिलपिल आँसु “ डिल्ली प्रसाद खराल गजल by thirsty heart.March 19, 20156 Comments आँखाभरि टिलपिल आँसु पार्दै म परदेश आएँ जिन्दगीलाई सात समुद्र तार्दै म परदेश आएँ ।” मिठो पिठो जे भएनि बाँडी खाउँला सँगै भन्थे नयनबाट बलिन धारा झार्दै म परदेश आएँ । ”
बन पाखामा लाली गुरास डिल्ली प्रसाद खराल गजल by thirsty heart.March 8, 2015 बन पाखामा लाली गुरास फुलेकै देख्छु कुलतमा परि मान्छे झुलेकै देख्छु जिउदा यम राजहरु घुम्दै सहरमा खुलेआम ड्रग्स बेची डुलेकै देख्छु ,
मुटु भित्र आधि हुरी चल्यो र त , डिल्ली प्रसाद खराल गजल by thirsty heart.February 26, 2015 मुटुभित्र आधि हुरी चल्यो र त पिउन थाले जिन्दगीले आफैलाई छल्यो र त पिउन थाले ? गगनमा चरी झैं उड्ने ईच्या चाह हुदा भित्र भित्रै हृदय यो गल्यो र त पिउन थाले ?
बर्सौ भो बिछोड भाको डिल्ली प्रसाद खराल गजल by thirsty heart.February 13, 2015 बर्षौँ भो बिछोड भाको भुल्न अजै सक्या छैन कोपिलामै दाग लाग्दा फुल्न अजै सक्या छैन ? मुटु जल्ने ज्यानै गल्नी कस्तो नसा अतितको खुशीमनले आजसम्म डुल्न अजै सक्या छैन ?
ओइलिएर फूल जस्तै डिल्ली प्रसाद खराल गजल by thirsty heart.February 5, 2015 ओइलिएर फूल जस्तै झरेझैं भाको छ, दु:खी जीवन जिउदा जिउदै मरेझैं भाको छ बाचुन्जेल संघर्षको खेती गर्दा गर्दै, भाग्य आज आन्दोलनमा परेझैं भाको छ