अनौठो जीवन कथा कोरिदियो जिन्दगीले
दु:खको त्यो सागर भित्र छोडिदियो जिन्दगीले,
सम्भाल्नत खोजेकैथे कोमोल यो हृदयलाई
सिसा जस्तै झर्याम्-झुरुम् तोडिदियो जिन्दगीले
शिर उठाई जीवन यो जिउन खोज्दा खोज्दै
दुखियालाई दु:खसँग जोडिदियो जिन्दगीले
दुनियाँले तिरष्कृत गरेपछि यो घायललाई
मार्गबिहीन बाटोतिर मोडिदियो जिन्दगीले
टुक्रियका सपनाहरू मुना जस्तै पलाउदै गर्दा
पिपिरालाई जरैदेखि गोडिदियो जिन्दगीले
डिल्ली प्रसाद खराल” घायल ”
वीरेन्द्रनगर चितवन,
हाल : दुबई यू.ए.इ,
