जति हेरे हेरुँ लाग्छ तृष्णा मेटिएन
उसको रुपको बयान गर्ने शब्द भेटिएन
फूलसँग तुलना गरूँ, ओइलाई जाने हो कि
जूनसँग दाँजी हेरूँ, अस्ताई जाने हो कि
हिमाल-पहाड खोजी हेरे कतै भेटिएन
उसको रुपको बयान गर्ने शब्द भेटिएन
गीत बनाई गायी दिन्थे, भाका मिल्ने भए
कविता कोरी सुनाइ दिन्थे, लय मिल्ने भए
मुना-मदन पडी हेरे कतै भेटिएन
उसको रुपको बयान गर्ने शब्द भेटिएन
जति हेरे हेरुँ लाग्छ तृष्णा मेटिएन
उसको रुपको बयान गर्ने शब्द भेटिएन
