विवशताको हुरीसँगै उडी आए खाडी
बगरसँगै जली रा’छु् ज्यानै खेर फाली
नियतिमा रहर मिस्साई सपना बुन्न थाले
गरिबीको पर्खाल चडन सबथोक दाउमा हाले
सपनाहरू संगालेर उडी आए सात समुद्रपारि
दु:खी बा-आमाको कतै बन्न सक्छु भनी छहारी
दिनमात्र कहाँ जल्ने हो र यहाँ त रातमा पनि जल्छ
घरमा ठगेर खाएकोपश्चातापले मन भात-भति पोल्छ
सोच्दा सोच्दा रातमा यो मन जल्छ दिनमा घामले पोल्छ
दलालको ठगी र साहुको ऋण सम्झिदा छातीमा आगो बल्छ
मरु-भूमि मात्र जल्दैन यहाँ सागरको शीतल पवन पनि चल्छ
शैक्षिक योग्यता छ र राम्रो ठाउँमा काम पाए जीवन सफल बन्छ
