भाग्य लेख्ने मसी खोजे कतै पाएको होइन
खोज्दा खोज्दै थाकेकोछु हरेस खाएको होइन
मन्दिर घुमे मस्जिद घुमे भगवान पुकारे
धर्म फेरें समाज फेरें तर मसी भेटेको होइन
गाउँघर छोडी शहर पसें शहरबाट पनि उडें
घामले पोले बालुवामा डडे मसी आएको होइन
बल्ल भने अब बुझें भाग्य केले लेख्दो रैछ
मेहेनतगरे यही फल्छ मसी गफ हानेको होइन
