वर्षायाम झै भिजेका रातहरू धेरैनै बिताएँ
शिशिरमा झै ति लामा दिनहरू रोएँरै कटाएँ
एक्लै छाडी जब ऊनी माटोमा बिलाए
ऊन्कै कसमहरु पुरागर्न म’भने आजसम्म जिएँ
कल्पनामा ऊनी आउँदा पागलझै कराएँ
सपनीमा ऊन्लाई देख्दा डाँकोछोडी रोएँ
सम्झनामात्र छोडी ऊनी भने माटोमा बिलाए
ऊन्कै कसमहरु पुरागर्न म’भने आजसम्म जिएँ
बगेका आँशुहरू थाम्न कतै प्याला भरी पिएँ
कोरेका सबै चिट्ठीहरू पढेर एक्लोपन मिटाएँ
तस्विरहरु छाडी ऊनी भने माटोमा बिलाए
ऊन्कै कसमहरु पुरागर्न म’भने आजसम्म जिएँ
