Skip to content


अँह, म राजनीति गर्दिन!
किनकि,
म आफैलाई बेच्न सक्दिन।
म एउटा सचेत मान्छे
कसैको पराधीनता सुइकार्न सक्दिन।

हजारौंको मुख थुनेर म मात्र हाँस्न सक्दिन|
हजारौंको आँखा छोपेर म मारुनी नाँच्न सक्दिन|
हजारौंको कान थुनेर म मालश्री गाउँन सक्दिन।

कालोलाई सेतो बनाउँन सक्दिन|
साँचोलाई झुठो ठह्र्याउँन सक्दिन|
म पाप बाडेर पुण्य कमाउन सक्दिन।

अँह, म राजनीति गर्दिन!

गोहीको आँशु झार्नु कसरी?
कागको हिडाई हिड्नु कसरी?
छेप्पाराले जस्तो रंग बदल्नु कसरी?
श्याल भएर बाघको खाल ओड्नु कसरी?

छोटो बाटो लम्ब्याउँनु कसरी?
मरेको लास बिउँताउँनु कसरी?
निर्दोषलाई फाँसीमा झुन्ड्याउँनु कसरी?
बलत्कारीलाई बाइज्जतबडी गराउनु कसरी?

अँह, म राजनीति गर्दिन!
किनकि,
म आफैलाई ढाटन सक्दिन?
नजिकको भूत नै प्यारो मलाई
टाडोको देउतामा आस्था राख्न म सक्दिन
मेरो लागि मेरो जाति नै प्यारो
आफू मात्र खाएर म बाँच्न कदापि सक्दिन||

Leave a Reply

Your email address will not be published. Required fields are marked *