सिमसिम सिमसिम बर्षी रहने ए बे-मौसमी झरी
अतित सम्झाई रुवाउन खोजेको तैले आज फेरि?
भो भो अब रुदिन सम्झी त्यो निष्ठुरीलाई फेरि
मझधारमा एक्लै छाडी जानेको तस्विर हेरी हेरी
हेमन्त पछि शिशिर आउँछ शिशिर पछि वसन्त
समयसंगै म पनि बदलिएं मनपर्दैन अब एकान्त
भो अब नबर्ष तिमी पनि वसन्तले बहार ल्यावोस
फूलहरु फुलोस र सबैको मनमा नयाँ उमंग छावोस
