तिम्रो मेरो सम्बन्ध अघि नबढ्ला जस्तो छ
विवाद अरु बढ्नुभन्दा नाता तोड्ला जस्तो छ ।
भावीले लेख्छन् रे सम्बन्ध म विश्वास गर्दिन
तिम्रो मेरो नाता खोज्न माथा फोड्ला जस्तो छ ।
हुन पनि तिमी हौ रुपकी रानी म परे भिखारी
जुनी जुनिसम्म हाम्रो साथ नजुड्ला जस्तो छ ।
सामीप्य हुनु मात्र एउटा संयोग पो थियो कि!
चित्त सम्हाली अब नभेट्ने बाचागर्ला जस्तो छ ।
