Skip to content

मन मन्दिरमा तिमीलाई सजाउँला

मन मन्दिरमा तिमीलाई सजाउँला
सुटुक्क थाहै नदि भागौंला
ति दुई हातहरु सधैलाई थामेर
जीवन संगिनी बनाउला|

मन मन्दिरमा तिमीलाई सजाउँला
……………………………………………..|

देवता भाकी कसम खान मं जान्दिन
जून तारा झारि दिन्छु पनि भन्दिन
रथको दुई पांग्र भई जीवन हाकुंला
पवित्र बंधन मायाको जुनी जुनीलाई साँचौंला||

मन मन्दिरमा तिमीलाई सजाउँला
……………………………………………..|

उक्कली ओराली त्यो लामो गोरेटो
जातिभेद र भेदभावको संस्कार त्यो
बन्धनहरु तोडी नयाँ नाता गासौंला
सबैलाई अंटाउने मायाको छुट्टै संसार बसाउँला||

मन मन्दिरमा तिमीलाई सजाउँला
……………………………………………..|

Leave a Reply

Your email address will not be published. Required fields are marked *