Skip to content

महा-रूढिवादी हुनु हो


संसारमा यदि ठूलो धर्म छ भने, मानवता को धर्म हो
अरु त सबै जीवन पारलाउने, मात्र परम्पराको डुङ्गा हो

काटेर हेर सबै प्राणिको देहमा, रातो रगतनै बग्दछ
प्रेमले जित्नसके महा-हिंस्रक जन्तु पनि, हितैषी बन्दो हो

पढेर हेर धर्मग्रंथहरु, बलि प्रथाको कथननै पाइन्दैन
बलि प्रथा जस्तो कुसंस्कारलाई धर्मले, बिरलै चिन्दा हो

पशु बलिचडाई दैवयोग खोज्नु, महा-रूढिवादी हुनु हो
धर्मकै लागि स्वार्थी हुनु जस्तो अरु कुनै ठूलो पाप न हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *