Skip to content


जे जे गर्छौ अब तिमी गर
मैले मेरो मनको कुरा खोलिसकें
चाहे हँसाऊ चाहे रुवाऊ
मैले मनमा तिम्लाई नै सजाइसकें

धाउन थाले मन्दिर तिम्रै लागि
यो मनमा दियो जल्छ तिम्रै लागि
सूर्य उदाउँछ तिम्रै लागि
यो दिन ढल्छ तिम्रै लागि
हरेक पाइलामा….., फूल खिल्छ तिम्रै लागि

जे जे गर्छौ अब तिमी गर………

सुम्पिनेछु तिमीलाई यो मेरो ज्यान
तिम्रो काखैमा लिन पाउन म मेरो प्राण
थाहा छ, तिमीले नाइँ भन्दिनौ
आशा र भरोसा तोड्दिनौ
मेरो विस्वास तोडेर……., मुख अन्तै मोडदिनौ

जे जे गर्छौ अब तिमी गर
मैले मेरो मनको कुरा खोलिसकें
चाहे हसाउँ चाहे रुवाउ
मैले मनमा तिम्लाई नै सजाइसकें

Leave a Reply

Your email address will not be published. Required fields are marked *