Skip to content

विचित्र छ समय
परिर्वतनशील यूग अनि काल…!

भर्खरै एकहुल देउसे आएर गए…
न मादल छ न त खैंजडी
न दौरा-सूरुवाल न त चौबन्दी-चोली
ड्रमसेट र इलेक्ट्रिक गितार
ठूल-ठूला साउण्ड-बक्स थर्काएर गए
कानै खानेगारी।
कुनै कन्सर्टको झझल्को आइ रहेथ्यो
देउसुरे र झिलिमि झिलिमि मात्र बुझियो
त्यो भन्दा धेरै बुझ्ने प्रयास पनि गरिएन!
किनकि,
गीतमा न ताल थियो न लय।
एक युवक उफ्री रहेथ्यो बिच्चमा
भताभुङ्ग कपाल,
जिन्सपेन्ट झरेको,
जिउ सुकेको
टी-सर्ट फूकेको|
ठम्याउनै सकिन,
न त ऊ होशमा थियो न त डोजमा,
न त ऊ नाँच्दै थियो न त आफै भाँचिदै|

स्वीकारर्नै पनि त पर्यो…,
समयको फड्को!
परिर्वतन र आधुनिकताको मेल हो यो|
तर बिडम्बना…
हाम्रो समाजको सबै क्षेत्रलाई
एकनासले छुन सकेन परिर्वतनले
छोयो त केवल विकृति र विसंगतिले|
रुडीबाद अझै गएन…
झाक्री नचाउने,
पशु-बलि चडाउने,
कूरुप र बृद्धाहरुमा बोक्सी देख्ने,
छोरा छोरी मा भेदभाव राख्ने,
मुखमा राम राम बगलीमा छुरा
बोक्नेहरुलाई पूज्ने

“कागले कान लग्यो” भन्दिए
कागको पछि पछि लाग्ने।

एकोहोरो,
हामी सारै एकोहोरो…!
एकोहोरो गोरु जस्तो…, पनि भन्न मिलेन यहाँ
किनकि,
गोरु पनि सधाए सधिन्छ र खेत जोतिन्छ
धान उप्जाइन्छ, खाइन्छ र ख्वाइन्छ
तेसैले त,
सधिएर बर्षभरि खेत जोत्ने गोरुहरुको
गुणतिर्न गोवर्धन पूजा गरिन्छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *