Skip to content


चौतारीमा पर्खी बस्थिन उनी घाँसको भारी हाली
डिलमुनिको बाटो भएर उक्लिने मेरो आशाहरू पाली

चम्किला ती नयन उसको कोइलीको जस्तो बोली
छरिएको केश सम्म्याउँदै लज्जाई दिन्थिन मोरी

नागबेली चाल उसको गालाको लोभ्याउने लाली
साझपख घामपर्दा मुहारमा देख्थिन साक्षात परी

मोती झै चम्किला दन्तराशी कन्दरा थर्काउने हसी
स्वभाव उसको सुनमा शुगन्ध नलाए हुन्छ कसी

ती मिलनका यादहरू संगाली फिर्दैछु घर यस पाली
धर्य मेरो सबै टुट्यो अब भगाइ दिन्छु चुल्बुली काली

Leave a Reply

Your email address will not be published. Required fields are marked *