साँझपखको हुस्सु र कुहिरोसँगै, एक प्याला भरी पिएँ
तिम्रै नाममा आज फेरि एउटा, गजल कोरी दिएँ
छुट्नु थिएछ टुट्नु थिएछ, अगाध माया दियौ
त्यही माया आज यो छात्तीभित्र, गाडेघाउ भैदियो
तिमीले दिएकि गलबन्दी चिनो, त्यो लिननै पाइन
अबिराल झर्ने यी आशु पुछ्ने, अब कुनै थोक रहेन
हामी भेटेका डाँडा र पाखा, आज सबैनै बिरानो
हामी छुटेको गोरेटो हिड्दा, मन हुन्छ अमिलो
तिम्रो त संसार फूलेको होला, सधैभरि फूलिरहोस
दिन बितेपनि आफ्नो त यहाँ, रात काट्ने रक्सी न हो
