चैत्ता मासको खोला जस्तो कहिले, सुस्ताउँछ जिन्दगी
द्रुतगतिमा श्रावनको भेलझैं कहिले, बगिदिन्छ जिन्दगी
कहिले वसन्तको कपासे बादलझैं, आकाशिन्छ जिन्दगी
कहिले चुडेको चंगाझैं बतासिएर भुँइमा, ओर्लिन्छ जिन्दगी
बिहानीको शीतको थोपाझै कहिले, टल्किन्छ जिन्दगी
घनाकालो वर्षिने घटा जस्तै कहिले, गर्जिन्छ जिन्दगी
कहिले उडेको चरीझैं क्षितिज चुम्न, फर्फराउन्छ जिन्दगी
कहिले अतेशखाइ मृत्यु अंगाल्न विवश, भैदिन्छ जिन्दगी
