केटा: बितेर नाजावोस है तिम्रो त्यो जोवन, बरु आइहाल समाल्न यो मेरो मन
केटि: बितेरै जावोस न त बित्ने यो जोवन, बरु तिमिनै समाल त्यो चंचल मन
केटा: बितेर नाजावोस है तिम्रो त्यो जोवन………….|
केटा:
बनपाखा ढाकि गुरास फूल्छ, बसन्त लोलाउँछ
बसन्त पछि गृष्मऋतु आउँछ, फूल पनि ओइलाउँछ
फूल पनि ओइलाउछ|
केटि:
गुरास होइन यो मेरो जोवन, शुगंधित सुनाखरी हो
महिना दिनमै फक्रेर जान्न, यो त बर्सौं दिन टिक्ने हो
यो त बर्सौं दिन टिक्ने हो|
केटा: बितेर नाजावोस है तिम्रो त्यो जोवन ………….|
केटा:
फूलेको फूलमा भमरा घुम्छ, धपाएर धपिदैन
सौन्दर्यको कतै घमण्ड नगर्नु, यसरि संसारै चल्दैन
यसरि संसारै चल्दैन|
केटि:
घमण्डी हैन बाध्यता सम्झ, बैशामात्र फूलेर हुदैन
लगन नआएसम्म कसैले कसैलाई, धुरी चडेर पांइन्दैन
धुरी चडेर पांइन्दैन|
केटा: बितेर नाजावोस है तिम्रो त्यो जोवन, बरु आइहाल समाल्न यो मेरो मन
केटि: बितेरै जावोस न त बित्ने यो जोवन, बरु तिमिनै समाल त्यो चंचल मन
केटा: बितेर नाजावोस है तिम्रो त्यो जोवन………….|