Skip to content

एक चिम्टी दिन्नौँ कालापानीको


मेरो माटो एक चिम्टी दिन्न कालापानीको
लिपुलेक, लिम्पिया, सुस्ता नालापानीको ।

तिम्रो माटो एक चिम्टी लिन्नौँ स्वाभिमानी हौँ
दिन्नौँ एक चिम्टी हाम्रो सोच अभिमानी हौँ ।।

गिद्दे नजर नलाऊ हेर इतिहासको पानी हो
शत्रुलाई छप्काउने सम्झ हाम्रो बानी हो ।

देश भूगोल सानो होला राष्ट्रियता उत्रै हो
अङ्ग्रेजलाई खेद्दा सम्झ गोर्खाली नै मित्र थ्यो ।।

नेपाल यो सभ्यताको स्वाभीमानी सान हो
प्रेम दिए प्रेम दिने हाम्रो धर्म ज्ञान हो ।

र्याल काढी आहारिसे चुक्ली हामी खेल्दैनौँ
सानो–ठूलो समान छ, दम्भ बोकी पेल्दैनौँ ।।

लुकीचोरी रातारात मिच्छौ सीमा अर्काको
सरम राख, धरम राख इतिहासका धर्साको ।

छोड हाम्रो भूमि छोड इज्जतिला छौ भने
गाल पर्ला इतिहासमा तिमी दम्भी हौ भने ।।

काली हाम्रो नालापानी कालापानी हाम्रै हो
हेर सन्धि छोड्यौ भने भन्छौँ मित्र रामै्र हो ।

नेपाल आमा जय ! जय ! हाम्रो माटो पानी हो
मित्रतामा हातेमालो स्वच्छ निर्मल बानी हो ।।

रमेश भट्टराई ‘सहृदयी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *