जब मान्छेले बोक्छ दाप


जब मान्छेले बोक्छ दाप तर तरबार बिर्सन्छ
तनावी गुलामी बने आफ्नै घरबार बिर्सन्छ

आखिर पलभर छैन खुसी– जीवन के जीवन
महल अँध्यारो सुनैको भै के भो– दरबार बिर्सन्छ

पूर्णचन्द्र, स्वच्छन्द मृगशावक बेछन्द भए भने
फक्रँदो फूल मात्रै रु १ उसले आफ्नै दरकार बिर्सन्छ

ठाँट के भो दौलतको दम्भ त पानी फोका बन्छ
मालिक रे तर ऊ आफ्नै पद लौ सरदार बिर्सन्छ रु

हिरा हो जीवन तर काँच अर्थमा भो ढिट नगर न
डुल्छ भँवरा जीवन फूलमा, तब डर–बार बिर्सन्छ ।

– रमेश भट्टराई सहृदयी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *