Skip to content

हरि गौतम अर्घाखाँची

टुक्रेको मुटु वियोगमा

टुक्रेको मुटु वियोगमा मैले, बटुली राखेको छु
प्रेमको बदला पाएको चोट, असुली राखको छु

मर्नु त पक्कै पर्छ एक दिन, अमर यहाँ कोही छैन
सुकेको बोट नसोची हुँ अमर फुली राखेको छु

नेपाली देशभक्त युवा

नेपाली देशभक्त युवा समाज, आजै अघि सर्न चाहन्छौं
सयौं फूलको एक माला भई, समाज सेवा गर्न चाहन्छौ

सफल बनाऊँ सबै मिली, यो महान अभियानलाई,
अन्यायसँग लड्दै भिड्दै, सबैको दु:ख हर्न चाहन्छौ

सुनाउँछु साथी

सुनाउँछु साथी मेरो गाउँदेखि टाँढा शहर छैन
तर-मलाई आफ्नो जन्म ठाउँ छोड्ने रहर छैन

धेरै देखें गाउँ छाडी शहर जाने आफन्तहरू,
थियो कमी केको गाउँमा, के ईटा गिट्टी पत्थर छैन

जिन्दगी खोला हो कि बगर

जिन्दगी खोला हो कि बगर सोच्नै सकिन मैले
गएर कहाँ टुंगिन्छ यो सफर सोच्नै सकिन मैले

लाग्दैछ, हिंड्दा-हिंड्दा जिन्दगीका यी गोरेटाहरू,
अहिले बाटोमा छु “की” पुग्दैन घर, सोच्नै सकिन मैले

सु:ख खोज्दै

सु:ख खोज्दै धेरै दूरी धाउनु पर्दो रैछ
त्यही खुशीमा थोरै पीडा पाउनु पर्दो रैछ

भित्र-भित्रै कुहिए नि भरोसाको छानो
नबिर्सिनु पहिले नै, छाउनु पर्दो रैछ

यो सालको तीजमा

के छ विचार ? भन प्यारी, यो सालको तीजमा
गर्दै छौ त के तयारी ? यो सालको तीजमा

व्रत, पूजा राखी हौली, बाधा अड्चन हर्न
देवीदेउता खुशी पारी, यो सालको तीजमा