छोराहरू हुर्काउँछन, बा-आमाले खाई नखाई
आज उनी एक्लै हुदा, आँशु पुछ्ने भएन कोई
त्यही बोटका फूल हौं सबै, भन्ने कुरा बिर्सिएर
एक-आपसमा तेरो मेरो, गर्न थाल्छन् दाजु-भाइ
धन कमाउने छोरा भए, अब सुख पाउँछु भन्दा
छुट्टिनलाई आतुर उनी, भन्छन मेरो हिस्सा खोई?
बुढेशकालको सहारा बनी, नरोऊ आँमा भन्ने बेला
दुलहीको कुरा सुनी, बस्छन् उनीहरू भिन्न भई
बा-आमाका आँसु बेची, सुख खोज्दै हिड्यौं भने
छोरा-छोरी ठुला हुँदा, तिम्रा दिन नि आउँछन् एई
हरी गौतम (अर्घाखाची)
खनदह-३,
हाल-भारत
