जिन्दगी खोला हो कि बगर सोच्नै सकिन मैले
गएर कहाँ टुंगिन्छ यो सफर सोच्नै सकिन मैले
लाग्दैछ, हिंड्दा-हिंड्दा जिन्दगीका यी गोरेटाहरू,
अहिले बाटोमा छु “की” पुग्दैन घर, सोच्नै सकिन मैले
धेरै देखेँ सुन्दर मुहारमा कालो चस्माले छोपिएका-
कसरी भनउ खराब थियो नजर, सोच्नै सकिन मैले
यती बुझ्नुस् प्रेम यु्द्धमा हारिसकोको मान्छे हुँ “म”-
भन्नुस ममा भय थियो कि डर ? सोच्नै सकिन मैले
दिन त हजुर उस्लाई प्रेमको सागर नै दिएकोथें,
अमृतलाई बनाई कसरी जहर सोच्नै सकिन मैले
जिन्दगी खोला हो कि बगर सोच्नै सकिन मैले
गएर कहाँ टुंगिन्छ यो सफर सोच्नै सकिन मैले”
एचएल गौतम
(अर्घाखाची) मा गा
खनदह ३
हाल- भारत
