केही छिन त टाढा हुँदा, गाह्रो हुन्छ सहन प्यारी
दुईचार वर्ष विदेशमा गई, के सकुला रहन प्यारी
थाह छ मलाई धन कमाउन, परदेशमा नि नगई हुन्न
बुझ्दो रहिनेछ यिनै कुरा, धड्कन अनि मन प्यारी
भन्छन मान्छे माँया भए, केही पनि चाहिंदैन
त्यही माँयालाई सफल पार्न, नभई हुन्न धन प्यारी
जहिले पनि साहुहरूको, बोलीवचन सुन्नु भन्दा
खुसी मनले बिदा दिई, जानुस विदेश भन प्यारी
यस्तै रैछ नियतिले, कोरदिएको भाग्य रेखा
खोला-नाला जंघार हुँदै, पर्दो रैछ बहन प्यारी
एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत
