युद्ध गर्नुपूर्व यसै खुकुरीमा धार हुनै पर्छ
चुप्प लागेर भएन अब साथी खुंखार हुनै पर्छ
नेपाल आमालाई विभाजित गर्न खोज्नेहरू सुन
सेनाहरूको आक्रोश हो यो लाचार हुनै पर्छ
कति बसौं देशको यो, हरि गति देखी साथी?
चट्टानको रूप लिई सीमानाको दिवार हुनै पर्छ
राष्ट्र बचाउन आफ्नो ज्यानै त्याग्न परोस न बरू
हाम्रो नेपाल सघाउने सपना साकार हुनै पर्छ
एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत
