Skip to content

सादा जीवन फिल्मी भए


सादा जीवन फिल्मी भए म नि तिम्रै हुन्थें होला
हाम्रो जोडी छुटाउनेलाई नमज्जाले धुन्थें होला

सानो संसार सजाउनलाई तिम्रो अनि भनी मेरो
साँचों भन्छु तिम्रै लागि सारा खुशी चुन्थें होला

वशन्तको स्पर्श साथै ह्रदयभित्र छरिएर
अजम्बरी पिरतीको डोरी वाटी बुन्थें होला

आकाशमा उड्थे होला, पातालमा डुल्थे होला
सोचे जति पुग्ने भए भर्खर सगरमाथा छुन्थें होला

एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *