Skip to content

जलेको मनलाई


जलेको मनलाई शीतल, आश केहो बुझें मैले
रदिफ र काफियाको, राश केहो बुझें मैले

जति टाढाँ भए पनि, मलाई छोडी गए पनि,
उनको मनलाई छुने, खाश केहो बुझें मैले

आज उनी पराई हुदा बाँच्नै गाह्रो लाग्यो जब,
टुक्राएर आधा मुटु, नाश केहो बुझें मैले

पटक-पटक अनगिन्ती चोटहरूको प्रहारले,
धड्कनबाट बञ्चित भई, सास केहो बुझें मैले

एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत

Leave a Reply

Your email address will not be published. Required fields are marked *