पोहोर साल झैं यो साल आमा, गाउँमा आउन नपाइने भो
बाल्य कालकासँग साथी साथ, रमाउन नपाइने भो
नरूनु है आमा-वुवा, मन बुझाउनु दिदी- बहिनी
टीका, माला, जमरा केही, लगाउन नपाइने भो
दसैं-तिहार आयो भन्छन, आय झै नि लाग्दैन खै
मादल, झेली, वाशुरी नी, बजाउन नपाइने भो
पल्तीर र पल्लो गाउ सम, घर- घरमा गई दाजु-भाइका
सेल र रोटी, मिठाई- चॅकलेट्, समाउन। नपाइने भो
सुफलदेखि, लाहपोखरा भै, कावरनेटा, खनदहसम्म
यो तिहारमा देउसी-भैलो, जमाउन नपाइने भो
एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत
