आशिष दिनुस आमा-बुवा, सोचेको काम आँट्न सकौं
भित्री पीडा लुकाएर, सबैलाई खुसी बाँट्न सकौं
उच, निच, धनी-गरिब, भन्नु पनि के रैछ र,
भेद-भावको पर्खाल भत्काई, सु:ख, दु:ख साट्न सकौं
छुट्टाउन नसकी केही, दोधारमा पर्दा मन,
असत्यलाई पन्छाएर, सत्यतालाई छाट्न सकौं
घमन्ड र अंहकारले, सीमा नाघ्न खोज्यो भने,
सच्चाइको तरबारले, अन्याएलाई काट्न सकौं
कहिले पनि निर्दोष माथि, आपत-विपत पर्यो भने,
इन्द्रेणीको रूप लीई, बादल बनी फाट्न सकौं
एचएल गौतम अर्घाखाँची
मागा-३, खनदह
हाल-भारत
