सुनाउँछु साथी मेरो गाउँदेखि टाँढा शहर छैन
तर-मलाई आफ्नो जन्म ठाउँ छोड्ने रहर छैन
धेरै देखें गाउँ छाडी शहर जाने आफन्तहरू,
थियो कमी केको गाउँमा, के ईटा गिट्टी पत्थर छैन
गर्न सके प्रगति गर आफ्नै गाउँ ठाउँको लागि,
जहाँ आधुनिक पर्यावरणको अँझै असर छैन
सुन ए पौरखी हातहरू, पाखा-पखेराको पुकार,
बाजा हुदैछन खेतबारी, तिमीलाई के खबर छैन
किन सम्झाउँदैनन् उस्लाई म, जस्लाई आफ्नो,
घरपरिवार जन्मदाता-रगत नाताको कदर छैन
सर्जक- एचएल गौतम
अर्घाखाची मागा
खनदह ३
हाल- भारत
