Skip to content

दिलको दैलो उघारी हेरेँ, आएछ असार। मनको पाखा नियाली हेरे, छाएछ असार।

दिलैको दैलो उघारी हेरेँ, आएछ असार।
मनको पाखा नियाली हेरेँ, छाएछ असार।

हली दाईको सिवैपिच्छे, खसेछ पसिना;
पसिना उठाई छामेर हेरेँ, दाएछ असार।

छुपुछुपु हिलोमा धान, रोपेसी आमाले;
लाठ्ठे दाईले बाउसेसँगै, गाएछ असार।

दुहुनु गाई दुहेर जाँदा, आलीको डिलमा;
हलो छुँदा चक्र दाईले, पाएछ असार।

सँगिनीहरु हिलोमा छ्याप्दै, रमेको देखेर;
‘यामदास घायल’ले सोच्यो, लाएछ असार।

Leave a Reply

Your email address will not be published. Required fields are marked *