Skip to content

तीन मुक्तक (व्यङग्यात्मक SLC बिशेष)

YamDasGhayalSantaLal


१)

आफै आज आफ्नै लागि, खेल भएछु
त्यसैले त श्राबणको, भेल भएछु
प्रेममा त नेपाल फस्ट, हुने थिएँ हुँला
प्रबेशिका परिक्षामा, फेल भएछु ।

२)
पानैभरि नाम र थर, कोरेकै थिएँ
प्रश्नपत्रको शब्द त, फोरेकै थिएँ
दिल चोर्न जति त, सजिलो थे’न
तर पनि चिटहरू त, चोरेकै थिएँ ।

३)
जोड, घटाउ, भाग, गुणा, टप्छ अरुलाई
प्रेम ब्याख्य गरी टप्न, सक्छ अरुलाई
कपि चेकमा यामदासलाई, हेला गरेछ
फेल हुदा पाँच नम्बर, थप्छ अरुलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *