Skip to content


यस्तै झरी,
ठिक असारको महिना,
आकाश बम बिस्फोटले टुक्राटुक्रा भएर,
भरि राखेको पानी पोखिए झैँ,
मुसलधारे वर्षासँगै,
दुश्मनले बर्साएको बारुदजस्तै,
गोलीको खोकाजस्तै,
आकाशले बर्साएको बारुद,
असिनाको रुप लिएर,
बारम्बरबार बर्सिरहेको थियो,
त्यही बारुद छल्न,
दुश्मनसँग सिगौरा खेल्दा,
ढुङ्गाको आढमा,
ओढार र शुरुङमा,
लुके झैँ गरी,
त्यो पारि भिताको ठूलो रुखमुनी,
कोही परदेशी,
ओतलागिरहेका थिए।
म,
तिनै आकाशको,
बारुदसँग सिगौरा खेल्दै,
उतै उतै जाँदै थिएँ,
त्यो मान्छे,
भाग्न खोजे जस्तो लाग्थ्यो,
फेरी,
भाग्न नसके जस्तै लाग्थ्यो,
जब म,
उसको भाग्ने योजना,
असफल पारिदिने,
असिना नथाम्दै,
ऊ सामू पुगेँ,
ऊ डराएझैँ देखिन्थ्यो,
ऊ सर्माएझै देखिन्थ्यो,
ऊ झस्किएझैँ देखिन्थ्यो,
तैपनि मैले आकाशको आँशुले,
निथ्रुक्क पारेको त्यो मानव प्राणीलाई,
हेरिरहेँ,
टोलाइरहेँ,
थोरै हल्लाईमा पनि,
छिङ्रिङ बझ्ने पाउजुले, बेरिएको कोमल पाउ,
भयले कामेजस्तै देखिन्थ्यो,
तर पनि,
सितमा रुझेको गुलाफ जस्तै,
झरिमा रुझेकी झरिफूल जस्तै,
निथ्रुक्क भिजेको,
त्यो कोमल शरिरको बिच छातीमा,
जोड जोडले बतास चले जस्तै,
जोड जोडले श्वास चले जस्तै देखिन्थ्यो,
त्यही श्वासे हुरीले,
ऊनका दूई नितम्बहरू,
बतासले फूल हल्लाए जस्तै,
जोड जोडले हल्लाइरहेको थियो।
यी सबै दृश्य हेरिनसक्दै,
कति छिटै म,
ऊ सामू पुगिसकेछु।
त्यो गुलाफी नौनी शरिर छोइसकेछु।
मेरो छुवाइसँगै,
छातीको बतासमा,
तिब्रता आए जस्तो लाग्यो,
तुफानहरू बढे जस्तो लाग्यो,
हुरीहरू बढे जस्तो लाग्यो।
मैले महशुस गरेँ,
त्यो बताससँगै,
त्यो हुरी र तुफानसँगै,
कुनै नयाँ बासना, तुफानिरहेको छ।
वातावरण रुझिरहेकै थियो,
झरी बर्सिरहेकै थियो,
आकाश चिच्याइरहेकै थियो,
ऊ कुनै चिच्याहाट नगरि,
डराए जस्तै गरि,
हारिए जस्तै गरि,
चुपचाप सहिरहे जस्तो लाग्थ्यो,
चुपचाप हेरिरहे जस्तो लाग्थ्यो,
मेरा हातहरू,
बन्दुक, बम, गोला, बारुद छोडेर,
कुनै शरिरको कुनाकुना,
कुनै प्राणीको अङ्ग अङ्ग,
दोडिएझैँ लाग्दै थियो,
घरि मेरा हात,
उसको छातीको धडकन छाम्न पुग्थ्यो,
घरि मेरो हात,
छातीमाथि नाच्न पुग्थ्यो,
कहिल्य कहाँ,
कहिल्य कहाँ,
दौडिरहन्थ्यो,
छामिरहन्थ्यो,
सुमाइरहन्थ्यो,
बन्दुक, गोली र बम समाउने,
मेरा हातहरू,
आज छुट्टै अनुभूति गरेजस्तो लाग्थ्यो,
ऊ,
चिच्याउन चाहे पनि नसके जस्तो,
कराउन चाहे पनि नसके जस्तो,
छुटिन चाहे पनि नसके जस्तो,
तर निश्चल देखिन्थ्यो,
अचल देखिन्थ्यो,
झनझन मेराहातहरू,
कताकता दौडिरहन्थ्यो,
कताकता भागिरहन्थ्यो,
एकै छिनमा यी हातहरूले,
कसैलाई नङ्ग्यायो,
कसैलाई पछार्यो,
बदलामा,
आकाश चिच्याइरहेको थियो,
बादल कराइरहेको थियो,
तर उ,
चुपचाप थियो,
निश्चल थियो,
केबल उनका अनुहारहरूमा,
भएको छायाँ जस्तो देखिन्थ्यो,
तैपनि मैले,
पहिलो पटक,
नारी शरिर हेरेँ,
मनोमानी गरेँ,
बास्तबमा बलत्कार गरेँ,
एक्कासि नजिकै ठूलो अवाज आयो,
म शसँकित भएँ,
र छुटिएँ,
एक्कासि मेरा हातहरूले,
बन्दुक, बम र ढाल समात्यो,
म युद्ध पोजिसनमा बसेँ,
छिनमै सनाट छायो,
शायद चट्याङ खसेछ क्यार,
तर पनि मैले,
उनलाई बलत्कार गरिसकेको थिएँ,
ऊ बलत्कृत भइसकेकी थिई,
र पछि चुपचाप,
म उही झरिलाई छिचोल्दै,
उही पुरानै भेषमा,
उही पुरानै बन्दुक, बम बोकेर,
फेरि आफ्नो बाटो लागेँ,
किनकि,
म एक छापामार थिएँ।
साँच्चै,
म एक छापामार थिएँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *